नेकपाको ११ वटै वडामा चुनाव प्रचार कार्यालय

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
ncp news photo

पोखरा, २४ कात्तिक । नेकपाले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पोखराका ११ वटै वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ ।

नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै वडामा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ ।पोखरा महानगरका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३, मा चुनाव परिचालन वडा कमिटीको कार्यालय स्थापना गरेको नेकपा चुनाव प्रचारप्रचार उपसमितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

उनका अनुसार आइतबार बिहान चुनाव हुने सबै वडामा चुनाव परिचालन कार्यालय स्थापना गरिएको हो । वडा कार्यालय स्थापनासँगै चुनावी प्रचार अभियान टोल/टोलमा पुग्ने नेकपाले बताएको छ । नेकपाले चुनाव लक्षित गरेर गत कात्तिक २२ पोखरा सभागृहमा कार्यकर्ता प्रशिक्षण कार्यक्रलम गरिसकेको छ भने उम्मेदवार विद्या भट्टराई अधिकारीसहित वडा नम्बर १५, ३३ मा घरदैलो कार्यक्रम पनि भएको छ ।

वडा नम्बर २१ मा अहिले उम्मेदवार भट्टराईसहित घरदैलो कार्यक्रम भइरहेको छ । उम्मेदवार भट्टराईसहित नेकपा गण्डकीका सहइन्चार्ज खगराज अधिकारी, पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल लगायतका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी छन् ।

वडा नम्बर २० को भलाम र मौजामा पनि चुनाव परिचालन कमिटी स्थापना भएको छ । साविकको भलाम गाविस र मौजा गाविसको दुबै ठाउँमा चुनाव परिचालन कमिटीको कार्यालय स्थापना गरिएको हो । भलामको कार्यालयको महानगर कमिटीका सचिव विश्वकाप्रकाश लामिछाने र मौजा कार्यालयको साविक मौजा गाविसका पूर्व अध्यग्क्ष चित्रबहादुर गुरुङले उद्घाटन गरेको प्रेस संगठन नेपालका केन्द्रीय सदस्य श्रीराम सिग्देलले जानकारी दिए ।

उक्त क्षेत्रमा त्यही विरासतलाई कायम गर्ने गरी नेकपा चुनावी प्रचार अभियानमा जुटेको छ । गत २०७४ को प्रतिनिधि सभा चुनावमा नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतले पराजित गरेका थिए । गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा जितको मतान्तरलाई अझ बढाउने गरी चुनावी रणनीति बनाएर नेकपा चुनावमा होमिएको छ ।

उदीयमान नेता गुमाउनुको शोकलाई शक्तिमा बदलेर अधिकारीको अधुरो सपना पूरा गर्न उनको उत्तराधिकारीको रुपमा पत्नी विद्यालाई चुनावी मैदानमा उतारेर मतान्तरलाई १३ हजार पु¥याउने लक्ष्य लिएर चुनावी प्रचारमा जुटेको छ ।

Related News

सम्बन्धित समाचार

  • अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकीको प्रथम सम्मेलनले गीता शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । बिहीबार राति…
  • प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग…
  • एकीकृत अखिल शिक्षक संगठनको सम्मान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई पोखरामा…
  • संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

    रामकुमार श्रेष्ठ असाेज ३, २०८१
    नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धिलाई आमजनतासामु पु¥याउन आवश्यक रहेको बताएका छन् । संविधान…
  • पोखरामा मनाइयो संविधान दिवस

    रासस असाेज ३, २०८१
    गण्डकी, ३ असोज । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अंगहरूले निष्पक्ष र न्यायपूर्ण…

hero news full width