पोखरा, २८ असोज । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ‘गण्डकी विश्वविद्यालयको स्थापना व्यवस्थापन र सञ्चालन गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले सोमबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई असोज ८ गते बसेको प्रदेश सभाको बैठकले पारित गरेको थियो । पारित भएको विधेयकलाई असोज १४ गते गण्डकी प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच प्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणिकरण गरेका थिए ।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ को व्यवस्था बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत सुरण प्रसाद शर्मा पौडेलका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणिकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय संघीय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक प्रति पठाइएको छ ।
Related News
सम्बन्धित समाचार
जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण
रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव
पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन
बड्स एकेडेमीमा सदन विभाजन
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१