पोखरा, १३ असोज । पोखरा–८, जाल्पारोडमा ‘हाइपरलिङ्क बेकरी एन्ड क्याफे’ ले आफ्नो उत्पादन तथा सेवा सुरु गरेको छ ।
घटस्थापनाको अवसर पारी असोज १२ गतेदेखि १४ गतेसम्म बेकरीको उद्घाटन कार्यक्रम आयोजना गर्दै बेकरीले आफ्नो सेवाको थालनी गरेको हो । सांसद विन्दुकुमार थापा, ७६ वर्षीया ज्येष्ठ नागरिक हिरादेवी सुवेदी र २.५ वर्षीया समिष्टा सुवेदीले संयुक्त रूपमा केक काटेर बेकरीको उद्घाटन गरेका थिए ।
बेकरीको उद्घाटनपछि बोल्दै गण्डकी प्रदेशका प्रदेश सभा सदस्य माननीय विन्दु कुमार थापाले स्वदेशमै रही उत्पादनमूलक क्षेत्रको व्यवसाय सञ्चालन गर्नु राष्ट्रको आत्मनिर्भरताका लागि निकै महत्त्वपूर्ण योगदान हुने बताए । पोखरा क्षेत्रका सफल व्यावसायी एवम् पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले राज्य एवम् बैँक तथा वित्तीय संस्था नै व्यवसायीको प्रतिकूल रहेको समयमा समेत यसरी व्यवसाय सञ्चालन गर्नु निकै सराहनीय रहेको बताए ।
थुप्रै युवा विदेशिएको अवस्थामा स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने गरी व्यवसाय थालनी गर्नु वास्तविक राष्ट्रियता भएको बताउँदै युवा व्यवसायीप्रति निरन्तर प्रोत्साहन आवश्यक रहेको औँल्याए । व्यवसाय थालनी गर्नुभन्दा त्यसको उद्देश्यमा पुग्ने गरी निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताउँदै खाद्य क्षेत्रसँग सम्बन्धित व्यवसायले गुणस्तरमा विशेष जोड दिनुपर्ने कुरामा सचेत गराए ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले व्यावसायिक क्षेत्रमा निरन्तरको लगाव र व्यवस्थापन महत्वपूर्ण विषय रहेको बताए । पोखरा उद्योग वाणिज्य संघले नयाँ उद्योगी एवम् व्यावसायीलाई सहयोग र सहकार्य गर्दै आफूलाई अगाडि बढाउँदै आएको बताए ।
बेकरीका सञ्चालक श्रीराम अधिकारी ‘गोर्जे’को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अर्की सञ्चालक सविता पौडेल (सुवेदी)ले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । पोखरेली ग्राहकको बेकरी उत्पादनको मागलाई परिपूर्ति गर्ने उद्देश्यसहित सुरु भएको बेकरीले पोखरा उपत्यका क्षेत्रभरी रु.१००० भन्दा माथिको अर्डरका लागि निःशुल्क होम डेलिभरीको सुविधा प्रदान गरिने कुरा सञ्चालक अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१