पोखरा, २३ भदौ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा मौजामा प्राविस्तरीय हाजिरीजवाफ र माविस्तीय निवन्ध प्रतियोगिता गरिएको छ । हाजिरीजवाफमा महेन्द्र मावि पहिलो, महेन्द्र राष्ट्रिय आधारभुत विद्यालय दोश्रो र ज्ञानोदय रघु आधारभुत विद्यालय तेश्रो तथा सीता आधारभुत विद्यालय सान्त्वना भए ।
निवन्ध लेखन प्रतियोगितामा हिमालय माविकी प्रतिमा पोख्रेल पहिलो, महेन्द्र माविका उत्सव पौडेल दोश्रो, हिमालय माविका सन्दीप सापकोटा तेश्रो तथा महेन्द्र माविकी स्वेता पौडेल सान्त्वना भए । वडा शिक्षा समिति पोखरा २० का संयोजक मोतिप्र्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हिमालय माविका प्रधानध्यापक मणिराज परियार र महेन्द्र राष्ट्रिय आधारभुत विद्यालयका प्रधानध्यापक नारायणप्रसाद गौतमले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष सीम गुरुङले विद्यार्थीको पढाईका बाबतुज अतिरिक्त क्रियाकलापले उनीहरुको अन्तरनिहित क्षमताको प्रष्फुटन हुने बताए । उनले वडाभित्रको शैक्षिक स्थितिको सुधार गर्न वडाले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए भने साथ दिन सबैसँग आग्रह पनि गरे । प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार वडाध्यक्ष गुरुङ सहित वडा शिक्षा समितिका संयोजक पौडेल लगायतले हस्तान्तरण गरे ।
Related News
सम्बन्धित समाचार
जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण
रत्न शोभा माविको ६५ औं वार्षिकोत्सव
पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन
बड्स एकेडेमीमा सदन विभाजन
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१