हिमालपारीको जिल्ला मनाङमा उद्योग दर्ता गरी सञ्चालन गर्नेक्रम बढ्दै गएको छ। उद्योग दर्ताबाट ६ लाख ७८ हजार ४ सय रुपैयाँ राजश्व संकलन भएको छ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा हालसम्म २ सय ३४ उद्योग दर्ता भएका छन्। महिलाले ५ लाख रुपैयाँसम्म पुँजी राखी दर्ता गर्न वा व्यवसाय संचालन गर्न इच्छुक भएमा त्यस्ता उद्योगलाई लघुउद्योगमा दर्ता गर्ने गरिएको कार्यालयका प्रमुख प्रदीप न्यौपानेले बताए। उनका अनुसार उत्पादनमूलक उद्योग २४, कृषि वनजन्य उद्योग ८५, पर्यटन उद्योग १ सय ७७ र सेवामूलक उद्योग ४२ दर्ता छन्।
लघु, घरेलु तथा साना उद्यमीलाई निःशुल्करुपमा उद्योग दर्ता गर्दा १७ वटा लघुउद्यमी दर्ता भएको न्यौपानेको भनाइ छ। उनका अनुसार कार्यालयले गाउँ–गाउँमा गएर स्थानीयलाई सीपमूलक तालिम सञ्चालन गरेपछि र उद्योग दर्तासम्बन्धी जनचेतनामूलक कार्यक्रमका कारण उद्योग दर्ता हुनेक्रम बढेको हो।
दर्ता उद्योगमा महिला र पुरुष गरी ९ सय ५० जनाले रोजगारी प्राप्त गरेका छन्। ‘जिल्लाका नागरिकको ईच्छा अनुसार सीपमूलक तालिम सञ्चालन गरेका छौं। सीप सिकेपछि व्यवसायमा लाग्ने गरेका छन्’ प्रमुख न्यौपानेले भने, ‘उद्योग गनेर्हरू बढेका छन्। उद्यमीको संख्यामा वृद्धि हुँदै गएको छ। ’
जिल्लामा अहिलेसम्म उर्जामूलक र खनिज उद्योग भने दर्ता नभएको उनले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २८ उद्योग दर्ता भएका थिए। उद्योगमध्ये उत्पादनमूलक २, कृषि र वनजन्य १४, पर्यटनका ११, सेवामूलक १ र लघुउद्योग १३ छन्।
मनाङमा सबैभन्दा धेरै पर्यटन उद्योग १ सय ७७ दर्ता भएका घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका सूचना अधिकारी अशोककुमार बलामीले बताए। जिल्लामा पर्यटकको आगमन बढेसँगै पर्यटन उद्योग दर्ता हुने क्रम बढेको उनको भनाइ छ।
गत आर्थिक वर्षमा उद्यमीको माग, रुचीका आधारमा सीप विकासका तालिम गलैँचा बुनाई, फ्रेब्रिक माला बनाउने, क्रिष्टलका गहना बनाउने, मौरीपालन, बेकरी, कुकिङ तथा हाउस किपिङ, अचार बनाउने, गुडिया बनाउने, धुप, सजावटका सामान नियाँलोबाट बनाउनेजस्ता तालिम १ सय ८७ जनालाई निःशुल्क रुपमा दिइएको थियो।
यसैबीच, चामे गाउँपालिका–१, तिमाङमा पहिलो पटक साझा सुविधा केन्द्र निर्माण गरिएको छ। उद्यमीहरूले उत्पादन गरेका स्थानीय सामानलाई एकैस्थानमा राखी बिक्री वितरण गर्ने उद्देश्यका साथ साझा सुविधा केन्द्र निर्माण गरिएको हो।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१