पोखरा, २१ साउन । देशका अधिकाशं ठाँउमा भारीबर्षा र चट्याङ पर्न सक्ने सम्भावना रहेको छ । मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार मंगलवार विभिन्न जिल्लामा मध्यम र पश्चिम पहाडका एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
बुधवार साँझसम्म केही स्थानमा भारीबर्षा हुने भएकाले पश्चिम क्षेत्रमा सतर्क रहन आग्रह महाशाखाले गरेको छ । अहिले पश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । बर्षाकै कारण बागलुङमा पहिरो जाँदा तीन जनाले ज्यान समेत गुमाएका छन् ।
‘अहिले विशेषगरी डडेल्धुरा, डोटी, कैलाली आसपासका क्षेत्रमा वर्षा भइरहेको छ,’उनले भनिन् ‘पश्चिम पहाडका अन्य केही स्थानमा पनि हल्का वर्षा भइरहेको छ।’
पूर्वी तराईको मौसम भने अहिले सामान्यतया सफा रहेको उनले जानकारी दिइन्। दिउँसोपख पश्चिम पहाडका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन्।
काठमाडौं र पोखरा उपत्यकामा मंगलबार अपराह्न वा साँझपख वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ र नेपाल तर्फ सर्दैछ।
हाल देशको पूर्वका पहाडी भूभाग, मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली छ। पश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी तराईमा मौसम सामान्यतया सफा छ।
दिउँसो देशको पश्चिमी भूभागमा सामान्य बदली साथै पूर्वी तथा मध्य भूभागमा आंशिकदेखि सामान्यसम्म बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। पश्चिमी पहाडका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। साथै पूर्वी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। । राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ।
विहीवार दिउसो सामान्यसम्म बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ। राति देशभर सामान्यतया बदली रही केही स्थानमा हल्का मध्यमसम्म वर्षा हुनेछ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१