पोखरा, १० साउन । नेपालमा आगामी मङ्सीर १५ देखि २४ (१७ देखि डिसेम्बर १ देखि १० तारिक) सम्मका लागि तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा प्याराग्लाइडिङ खेलको प्रतिष्पर्धाका लागि उडान र अवतरण गरिने उपयुक्त स्थलको खोजी गरिएको छ ।
प्याराग्लाइडिङको प्रतिष्पर्धा पोखरामा हुने निश्चित भएकाले राष्ट्रिय खेलकूद परिषद्, पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति, जिल्लास्थित खेल सङ्घका पदाधिकारी तथा हवाई खेलकूद संस्थाका प्रतिनिधिको टोलीले बिहीबार पोखरा–१८ स्थित सराङकोटको सम्भावित स्थानको निरीक्षण गरेको हो । निरीक्षणपछि उडानका लागि चपाइस्थित चौतारीको खरबारी र अवतरणका लागि लेक साइडको ढल्केबार बनाउनुपर्ने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
सागमा प्याराग्लाइडिङसहित महिला फुटबल, ट्रायथलन, आर्चरी, ह्याण्डबल, भलिबल र भारत्तोलन गरी सात खेल पोखरामा खेलाइने तय भएको छ । सराङकोटबाट हाल व्यावसायिक उडान हुँदै आएको चण्डीडाँडा तथा त्यसभन्दा करीब एक किमी पर चपाइस्थित चौतारोको खरबारी टोलीले निरीक्षण गरेको थियो ।
परिषद्का सदस्य राजेशकुमार गुरुङले उडानका लागि चपाइको खरबारी र अवतरणका लागि ढल्केवार उपयुक्त देखिएकाले छनोट गरी राखेपमा सिफारिस गरिने बताए । उनले अनुसार खरबारी नजिकै रहेको विद्युतको हाइटेन्सन लाइन स्थानान्तरणका लागि विद्युत प्राधिकरणसँग आग्रह गरिनेछ । हाल व्यावसायिक उडानस्थललाई विस्तार गर्न सकेको खण्डमा उपयुक्त रहे पनि फराकिलोको हिसाबले अर्को स्थल उपयुक्त रहेको भनाइ उनको छ ।
नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र रावतले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्याराग्लाइडिङको उडानस्थल ८० बाइ ८० मिटर तथा जमीन ४० डिग्रीको स्लोप हुनुपर्ने मापदण्ड रहेको बताए । उडानस्थलमा महिला तथा पुरुषको छुट्टाछुट्टै लुगा परिवर्तन कक्ष तथा शौचालयलगायत न्यूनतम पूर्वाधार निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ थियो । साग खेलअघि नै ती पूर्वाधार निर्माणका लागि पर्याप्त समय रहेको उनले बताए ।
चपाइको चौतारोस्थित खरबारी सार्वजनिक जमीन भएकाले त्यसलाई उपयोग गर्न सकिने वडा नं १८ का वडाध्यक्ष रणबहादुर थापाले बताए । प्याराग्लाइडिङका लागि पर्याप्त जमीन रहेको र विद्युतको हाइटेन्सन हटाउन सकिएको खण्डमा अन्यत्रभन्दा उपयुक्त रहेको भनाइ उनको थियो ।
सागमा प्याराग्लाइडिङमा आठ स्वर्णका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एकल क्रस कन्ट्री महिला र पुरुष, समूह क्रस कन्ट्री महिला र पुरुष तथा एकल एक्कुरेसी महिला र पुरुष एवं समूह एक्कुरेसी महिला र पुरुष गरी आठ विधामा प्रतिष्पर्धा हुने हवाई खेलकूद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए । नेपालले सागको तयारीका लागि गत वैशाख २६ देखि २० पुरुष र छ महिलालाई बन्द प्रशिक्षणमा राखेको र तिनीहरुमध्ये पाँच पुरुष र तीन महिला गरी आठ जनालाई छनोट गरिने भट्टराईले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१