महिलाहरुको मात्र सहभागितामा गठित लायन्स क्लब अफ पोखरा सम्वृद्धिले वार्षिक कार्यक्रम अन्तर्गत शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रममा भएको कार्यक्रममा विविध जातका विरुवा रोपियो । साथै उक्त अवसरमा चौतारी निर्माण गरिने समेत घोषणा गरिएको अध्यक्ष राधिका थापाले जानकारी दिइन् ।
वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्दै लायन्स डिष्ट्रीक पदाधिकारी मदन कुमार मुल्मीले लायन्स अभियानले विश्वभर प्रत्येक क्लवबाट गरिने वृक्षरोपणको भूमिका महत्वपूर्ण रहेको बताए ।
लायन्स क्लव अफ पोखरा सम्वृद्धिका अध्यक्ष राधिका थापाको सभापतित्वमा भएको कार्यक्रममा पोखरा चिसाखोला वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिना, रिजन चियर पर्सन कल्पना श्रेष्ठ, जोन चियर पर्सन साल्बी बास्तोला मर्सानी, प्रहरी सहायक उपरिक्षक राजेन्द्र पौडेल, सिद्धार्थ क्लवका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, दिपेन्द्र मर्सानी, रेडियो सराङ्कोटका कार्यकारी निदेर्शक कृष्ण थापा, पूर्व अध्यक्ष कुश्मा राणा, कार्यक्रम संयोजक मनलक्ष्मी कार्की, सचिव देवी श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
hero news full width
मुख्य समाचार
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१