उदित नारायण झाको ‘श्री हजुर होशमा बेहोशी’

आदर्श समाज सम्वाददाता
श्रावण १, २०७६
Shree Hajur Hoshma Behoshi by Udit Narayan Jha

पोखरा । लामो समयपछि लोकप्रिय गायक उदित नारायण झा नयाँ गीत लिएर नेपाली गीत बजारमा आएका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत लिएर उदित नारायण नेपाली गीत बजारमा आएका हुन् । सत्याकृत ब्यण्डले उक्त गीतलाई प्रस्तुत गरेको हो । नेपाली सुुगम संगीतमा उदित नारायणले गीतमा कणप्रिय स्वर भरेका छन् ।

‘श्री हजुर होशमा बेहोशी’ बोलको गीत विजय गौतमको शब्द तथा संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडियो निर्देशन र सम्पादन पनि स्वयं विजय गौतमले नै गरेका हुन् । गीतको गीतको रेकर्डिङ, मिक्सिङ, मास्टरिङ र म्युजिक भिडियोसमेत सबै काम मुम्बइमै गरिएको हो ।

सत्याकृत ब्याण्डको निर्माणमा बनेको उक्त भिडियो आत्मरञ्जन नामक युटुब च्यानलमा रिलिज गरिएको छ । गायक झाले गाएको उक्त गीत श्री हजुर नामको महिमामा आधारित रहेको सत्याकृतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • सांसद सुहाङ नेम्वाङद्वारा शपथ   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    काठमाडौं ।  प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य सुहाङ नेम्वाङले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित…
  • मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    तनहुँ ।  मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की…
  • जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण   

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    गोरखा । सहिद लखन गाउँपालिका–८ बुंकोटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । जापान सरकारको आर्थिक…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय गाउँ लान्द्रुकमा यस वर्ष पनि हनी हन्टिङ महोत्सव हुने भएको छ । आगामी ८…

hero news full width