लेखनाथ, २२ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन(तरकारी) कास्कीबाट आर्थिक वर्ष २०७५/०७६ को प्रतिफलमा आधारित प्रोत्साहन अन्तर्रगत पोखरा–३० को नौवीसे दुग्ध उत्पादक सहकारी संस्था र ताजा तरकारी उत्पादन समूहका कृषकलाई अनुदान रकम प्रदान गरिएको छ ।
सहकारीमा आवद्ध किसानमध्ये ३० जनालाई रु ३५ हजार र तरकारी उत्पादन समूहलाई रु ८ हजार ४ सय गरी कूल ४३ हजार ४ सय रुपैंयाँ अनुदान रकम वितरण गरिएको हो । कार्यक्रममा वडा नंं ३० का वडा सदस्य सोमलाल कडेंल र परियोजना सञ्चालक समिति कास्कीका संयोजक कृष्णप्रसाद तिवारीले सहकारीका अध्यक्ष बाबुराम ढकाल र तरकारी उत्पादन समूहका अध्यक्ष बुद्धिसागर पोख्ररेलले रकम हस्तान्तरण गरेका हुन ।
अनुदान रकम हस्तान्तरण गर्दै वडा सदस्य कँडेलले राज्यले कृषकका लागि सञ्चालन गरेको कार्यक्रमबाट वास्तवित कृषकले लाभ लिनुपर्ने वताउँदै यसमा पारदर्शी रुपमा मुल्याङ्कन र अनुगमन गरिनुपर्ने वताएका थिए । कंडेलले स्थानीय स्तरमा संकलन हुने फोहोरलाई व्यवस्थापन गरी प्रांगारिक मल उत्पादन गरी कृषकलाई वितरण गर्ने वडाको योजना रहेको वताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति कास्कीका संयोजक कृष्णप्रसाद तिवारीले परियोजनाको उद्देश्य नै कृषि उत्पादनमा वृद्धि गराउनु रहेको वताउँदै यसमा प्रत्यक्ष रुपमा कृषिमा संलग्नभई उत्पादनमा टेवा पु¥याएका कृषकलाई प्रोत्साहन गरिने बताइएको छ । उनले वास्तविक किसानले नै लाभ लिन सकुन भन्ने उद्देश्यले अनुगमन र मुल्याङ्कनगरी त्यसको आधारमा प्रोत्साहन रकम वितरण गरिएको वताए ।
यस्तै परियोजना कास्कीका कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठले राज्यले प्रदान गरेको सुविधा किसानहले लिन पाउनुपर्ने र यसका लागि किसान स्वयम जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रममा कृषि सञ्जाल वडा नं. ३० का संयोजक दयाराम तिवारीले सिंहदरबारको अधिकार गाँउ गाउँमा आएको भनिएपनि स्थानीय तहले बाटोघाटो र सामान्य तालिमका कार्यक्रमलाई नै प्राथमिकता दिने गरेको वताए ।
किसानलाई सामान्य लाभ मिल्ने कुरामा पनि स्थानीय तहले अनावश्यक झन्झट दिने गरेको उनले आरोप लगाए । उनले साविक लेखनाथको ढुंगेपाटनमा रहेको कृषि कार्यलय पुन संचालनमा आउनुपर्ने माग गर्दै यसका लागि जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने वताएका थिए ।
कृषि तालिम केन्द्र पोखराकी अधिकृत शर्मिला मिश्रले कृषकलाई आवश्यक तालिमका विषयमा स्थानीय तहसँग समन्वय गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिईन ।नौवीसे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बाबुराम ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष प्रमोदकुमार पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव सञ्जयबाबु भटृराईले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१