जनकपुरधाम, १७ असार । सिरहामा सोमबार राति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लहान नगरपालिका–११ पडरियास्थित सडकमा ट्रकले म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुने तीनै जना म्याजिकमा सवार हुन् । म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् भने एकजनाको सनाखत हुन सको छैन् ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१ज ७४५४ नम्बरको म्याजिक रोकेर यात्रु चढाइरहँदा सोही दिशातर्फ जादै गरेको ना८ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १२ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको लाहान स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि दुबै सवारीका चालक फरार छन । उनीहरुको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१