गण्डकी सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरेको छ।
अर्थमन्त्री किरण गुरुङले पेश गरेको बजेटमा युवा तथा खेलकुद शीर्षकमा जम्मा १५ करोड विनियोजन गरिएको हो। खेलकुद क्षेत्रमा छुट्याएको बजेट न्यून रहेको खेल क्षेत्रका जानकारहरु बताउँछन्। बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरेको उनीहरुले बताए। प्रदेशभित्र खेलकुद एकेडेमी, अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशाला, एक स्थानीय तह, एक खेल मैदान, नगरपालिकामा रंगशाला निर्माण, पोखरा रंगशालाभित्रको क्रिकेट मैदान र पोखरा–३३ स्थित भरतपोखरीमा क्रिकेट मैदान र पोखराको लामाचौरस्थित दीपको गल्फकोर्ष, हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको निर्माण र युवालक्षित चुनौति कोषका लागि कार्यक्रम अनुसार खेलकुद क्षेत्रलाई बजेट छुट्याइएको छ।
गण्डकी प्रदेश सरकारद्धारा प्रस्तुत बजेटमा प्रदेश खेलकुद एकेडेमीका लागि १ करोड विनियोजन गरिएको छ। अन्तराष्ट्रियस्तरको बहुउद्देश्यीय रंगशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर निर्माण गर्न १ करोड छुट्याएको छ।
स्थानीय तहसँगको समन्वयमा गाउँपालिकामा एक स्थानीय तह, एक खेल मैदान र नगरपालिकामा रंगशाला निर्माणका लागि ४ करोड ४० लाखको बजेट छुट्याएको छ।
पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानको सुधार र संरक्षण गर्न २ करोड विनियोजन गरेको छ। पोखरा महानगरपालिका–३३ स्थित अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान तथा लामाचौरस्थित दीपको गल्फकोर्ष निर्माण गर्न बजेट खुलाएको छैन।
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकामा हाई अल्टिच्युट ट्रेनिङ सेन्टरको विस्तृत परियोजना तयार गरी निर्माण कार्यको थालनी गर्न लागि १ करोड ५० लाख छुट्याएको छ। युवाको क्षमता र उद्यमशीलता अभिवृद्धि गर्न र प्रदेशको आर्थिक समृद्धि हासिल गर्न युवा लक्षित कोषका लागि ५ करोड विनियोजन गरेको छ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१