कास्कीको मादी गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ याङ्जाकोटमा अन्नपूर्ण हिमालको ६९ औं आरोहण दिवस सोमवार मनाइएको छ। झण्डै १० वटा हिमाल सफलतापूर्वक आरोहण गरेका युवा आरोही मिङमा शेर्पालाई सम्मान गर्दै उक्त दिवस मनाइएको थियो।
सन् १९५० जुन ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल पहिलोपटक सफल आरोहण गरेका फ्रान्सेली आरोही मौरिस हजोर्ग र लुइस लेस्नलको सम्झना गर्दै ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरको अगुवाइमा मिङमालाई सम्मान गरिएको हो। कार्यक्रमलाई मादी गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सघाएका थिए भने नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो।
आरोही शेर्पालाई गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख वेदहादुर गुरुङ ‘श्याम’ ले संयुक्तरुपमा सम्मान गरेका थिए।
सो अवसरमा सांसद गुरुङले अन्नपूर्ण हिमालबाट बढीभन्दा बढी लाभ लिनेतर्फ सम्बन्धित व्यवसायी र गाउँलेको सोच हुनुपर्ने बताए। युवा अवस्थामा नै मिङमाले यति धेरै हिमाल चढ्नु गौरवको विषय भएको उनले बताए।
मिङमाले सवोर्च्च शिखर सगरमाथा, माउण्ट केटू, चोयू, मकालु, मनास्लु, धौलागिरी, अन्नपूर्ण प्रथम र लोहोत्से लगायत हिमालको सफल आरोहण गरिसकेका छन्। सो अवसरमा बोल्दै उनले अन्नपूर्ण क्षेत्रको प्रवद्र्धन गर्दै सो क्षेत्रमा आरोही तथा पदयात्री बढाएर सिंगो देशले लाभ लिन सक्ने भनाइ राखे। एकजना व्यक्तिले हिमाल आरोहण गर्दा कम्तीमा १५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्च गर्ने भन्दै उनले यस्तो खर्चले देशलाई समृद्ध बनाउन मद्दत पुग्ने भनाइ राखे। मादी गाउँपालिका प्रमुख वेदबहादुर गुरुङले आफ्नो गाउँपालिकाले पर्यटनको ठूलो सम्भावना बोकेको भन्दै सो क्षेत्रको थप पर्यटकीय विकासमा सबैजना एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भनाइ राखे। टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपाने, संघको अन्नपूर्ण च्याप्टरका अध्यक्ष कृष्णप्रसाद काफ्ले, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, एक्याप पोखराका पर्यटन सहायक टेक गुरुङ र पत्रकार जमुना वर्षा शर्माले भनाइ राखेका थिए।
पर्यटन व्यवसायी, पर्वतारोहण संघका पदाधिकारी, पर्यटकीय संघसंस्थाका प्रतिनिधि र संचारकर्मीसहित झण्डै १ सय जना अघिल्लो दिन आइतवार याङ्जाकोट पुगी होमस्टेमा बास बसेका थिए। गाउँका ९ घरमा होमस्टे सुविधा २ वर्षदेखि संचालित रहेको होमस्टे व्यवसायी नारायण गुरुङले जानकारी दिए। आइतवार साँझ गाउँमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो। आरोहण दिवसकै अवसर पारेर पश्चिमाञ्चल होटल संघ पोखरा, नाट्टा गण्डकी, रेवान पोखरालगायत पर्यटकीय संघसंस्थाले काठमाडौंबाट पोखरा आउने फ्रान्सेली पर्यटकलाई निःशुल्क खानपान र यातायातको व्यवस्था गर्ने यसअघि नै घोषणा गरेका थिए। यसैगरी अन्नपूर्ण आरोहण दिवसकै अवसरमा सेञ्चुरी पर्यटन समितिले कास्कीको अन्नपूर्ण आधार शिविरदेखि पर्यटकीय गाउँ घान्द्रुकसम्म म्याराथन प्रतियोगितासमेत आयोजना गरेको थियो।
Related News
सम्बन्धित समाचार
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
बुढ्यौलीमा भेडीगोठ मोह
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१