शुक्लागण्डकी नगरपालिका आदिवासी जनजाति प्रतिष्ठानको आयोजना तथा शुक्लागण्ढकी नगरपालिकाको आर्थिक सहयोगमा मोतीको माला बनाउने तालिम खैरेनीटारमा शुरु भएको छ।
प्रमुख अतिथि शुक्लागण्डकी ७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले तालिमबाट प्रतिफल आउन जरुरी रहेकोमा जोड दिए।
वडा ६ अध्यक्ष कृष्णबहादुर पौडेलले तालिमबाट आत्मनिर्भर बन्न मद्दत मिल्ने बताए। उनले गुणस्तरीय वस्तु उत्पादन गर्न सकेमा अन्यत्र पनि बेच्न सकिने सम्भव रहेको बताए।
शुक्लागण्डकी नगरपालिका आदिवासी जनजाति प्रतिष्ठान संयोजक तथा शुक्लागण्डकी नगरप्रवक्ता खिमबहादुर कुमालले समृद्ध नेपाल सुखी नेपाली बन्न उत्पादनसँग जोडिनु आवश्यक रहेको जनाए।
कुमालले सिकेका कुरालाई सही उपयोग गर्दै प्रतिस्पर्धामा उत्रन प्रशिक्षार्थीलाई सुझाव दिए।
शुक्लागण्डकी आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष बिमल जिसीले तालिम लिएर दैनिक जीवन सहज बनाउन आग्रह गरे।
कार्यक्रममा नेपाल मगर संघ तनहुँ उपाध्यक्ष खड्गसिंह थापा, नेपाल कुमाल समाज शुक्लागण्डकीका अध्यक्ष सोत्रबहादुर कुमाल, पूर्णबहादुर आले लगायत बोलेका थिए। दश दिनसम्म चल्ने तालिममा ४० जनाको सहभागिता रहेको छ।
प्रतिष्ठानका संयोजक कुमालको अध्यक्षता रहेको कार्यक्रमा स्वागत शुक्लागण्डकी आदिवासी जनजाति महासंघ उपाध्यक्ष तुलसीकुमारी श्रेष्ठ र सचिव सुमन आलेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१