पोखरा, २५ वैशाख। गण्डकी विकास बैंक लिमिटेडले विभिन्न अत्याधुनिक सुविधासहितको ‘गण्डकी स्मार्ट सेवा’ सञ्चालनमा ल्याएको छ।
स्मार्ट मोवाइलवाट चलाउन सकिने उक्त सेवाभित्र पछिल्लो समयमा प्रयोगमा रहेको मोवाइल बैंकिङका साथै इन्टरनेट बैंकिङ र भुक्तानी प्रणालीका विशेषताहरु समेत समेटिएका छन्।
जीपीआरएस/वाईफाइ इन्टरनेट वा एसएमएस कुनै पनि माध्यमबाट चलाउन सकिने उक्त सेवाबाट बायोमेट्रिक लगइन, प्रयोगकर्ता क्यू आर कोड, क्यूआर कोड पेमेन्ट, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, गण्डकी विकास बैंकभित्र वा अन्य सदस्य बैंकमा रकमान्तरण सुविधा, मोवाइल टपअप, इन्स्योरेन्स प्रिमियम भुक्तानी, इन्टरनेट बिल, एयरलायन्स टिकट खरिद, बैंक शाखा तथा एटीएम रहेका स्थान विवरण, खाताको विवरण डाउनलोड सुविधा लगायत विभिन्न सेवा रहेका छन्।
प्रविधिमा आएको विकाससँगै बैंकका सेवा सुविधालाई छिटो छरितो र स्तरीय बनाउन बैंक प्रतिबद्धताको निरन्तरता स्वरुप यो सेवा सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी गराए।
सो सेवा प्रयोगका लागि गण्डकी विकास बैंकमा खाता भएका ग्राहकले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत गण्डकी स्मार्ट एपलाई डाउनलोड/अपडेट गरी प्राप्त गर्न सकिने छ। सो सेवा प्रयोग गर्न चाहनेले सो एपमा दिएको निर्देशनअनुसार गण्डकीको कुनै पनि शाखामा सम्पर्क गरी यो सेवा सुचारु गर्न सकिने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१