पोखरा, १७ वैशाख । पोखरा–१७ स्थित राममन्दिरमा सम्पन्न ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरिएको छ ।
२०७५ चैत्र २३ देखि २०७६ वैशाख १ गतेसम्म संचालित उक्त महायज्ञबाट एक करोड एक लाख ९० हजार १४ रुपैयाँ बचत भएको थियो ।
महायज्ञ मूल आयोजक समितिका महासचिव पुण्डरीप्रसाद बराललेले आफुहरुले सोचेको भन्दा बढी रकम दान सहयोग भएको बताए । महायज्ञमा संकलित १ करोड १७ लाख ८८ हजार ३ सय ३२ भएकोमा १५ लाख ९८ हजार १४ खर्च भई वचत एक करोड एक लाख भएको हो ।
राम मन्दिर परिसर भित्र निर्माणाधिन धर्मशालाको भौतिक संरचना निर्माण, वैदिक सनातन हिन्दु धर्म संस्कृतिको संरक्षण, मन्दिरको पश्चिम तर्फको जग्गामा गुरुकुल आश्रम निर्माण, संस्कृत शिक्षाको अध्ययन अध्यापन, धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन र समाजमा आईपर्ने सबै प्रकारका धार्मिक कार्यहरु गर्ने गराउने उद्देश्यलाई मुर्तरुप दिन महायज्ञ संचालन गरिएको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लीलाभक्त आचार्यले बताए ।
कार्यक्रमका प्रमुख अतिथि स्वामी नारायण मुक्तिनाथ विकास ट्रष्टका संरक्षक स्वामी कृष्णदासजीले यस धामको भौतिक निर्माण र अन्य विकासका लागि आफ्नो संस्थाबाट सक्दो सहयोग गर्ने पतिबद्धता व्यक्त गरे ।
उक्त अवसरमा राम मन्दिर सञ्चालक समीतिका कोषाध्यक्ष गंगाधर पौडेलले महायज्ञको आयव्ययका बारेमा विस्तृत जानकारी गराएका थिए । संस्कृतिविद दयानिधि गौतमले कथा प्रवचन गरेको महायज्ञको आयब्यय सार्वजनिकीकरण कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं झाँकी सहितको कलश यात्रामा सहभागिलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१