पोखरा, ७ वैशाख। पोखरा भाँडा व्यवसायी संघले बहुउद्देश्यीय सहकारी स्थापना गर्ने भएको छ।
संघको शनिवार सम्पन्न भेलाले सहकारी स्थापना गर्ने निर्णय गर्दै पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा कुश कार्की, सचिवमा रामकृष्ण पौडेल, कोषाध्यक्षमा ओमकुमार श्रेष्ठ छन्। सदस्यमा बुद्विप्रसाद भण्डारी, सुनकुमारी गुरुङ, मीरा आचार्य, भगवती सिग्देल, जीवन ढकाल, किशोर भण्डारी र सीता पौडल चयन भए।
त्यस्तै, भेलाले विनोद गुप्ता संयोजक र देवबहादुर भुजेल, नरेन्द्रप्रसाद आचार्य सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ।
संघले शनिवार नै नव वर्ष–२०७६ सालको शुभकामना आदानप्रदानसँगै भित्तेपात्रो विमोचन गरेको छ।
संघका पदाधिकारी एवं सल्लाहकारले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेका थिए।
कार्यक्रममा संस्थाका प्रेस सल्लाहकार एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, सल्लाहकार पुरुषोत्तम श्रेष्ठ, निवर्तमान अध्यक्ष डिबी भुजेल लगायत बोलेका थिए।
पोखरा भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद आचार्यले स्वागत र सचिव लक्ष्मी अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१