पोखरा, २३ चैत। संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुगम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ।
पोखरामा शनिबार एक कार्यक्रम गरी दुवै सहकारी एकीकरण (मर्ज) भएको घोषणा गरिएको हो। घोषणासँगै आगामी वैशाख ३ गतेदेखि एकीकृत कारोबार हुने सञ्चालक समितिले जनाएको छ। एकीकरणपछि बनेको संस्थाको नाम ‘संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ रहनेछ।
एकीकरणपछि सुगम सहकारीको ८ सय २४ र संगम सहकारीको २ हजार ५ सय ६३ गरी ३ हजार ३ सय ८७ जना सेयर सदस्य पुगेका छन्। एकीकरणपछि ९ करोड ४ लाख ७७ हजार ३ सय संस्थाको सेयर पुँजी रहेको वरिष्ठ व्यवस्थापक अपिल कोइरालाले जानकारी दिए।
उनका अनुसार २८ करोड २८ लाख ९३ हजार ५ सय ३४ बचत संकलन र ३० करोड १८ लाख ७८ हजार १ सय ६५ ऋण लगानी तथा १ करोड ३१ लाख ९४ हजार ७४ रुपैयाँ संचालन मुनाफा छ।
मर्जपछि नीरज थापा सहकारी अध्यक्ष बनेका छन्। उपाध्यक्ष नवराज तिवारी, सचिवमा धनराज पुरी, कोषाध्यक्षमा बुद्धिमान थापा छन्। सञ्चालक समिति सदस्यमा तोयनाथ भट्टराई, विष्णुकुमारी थापा, सुवासचन्द्र भण्डारी, भरतबहादुर थापा र शान्तराज गुभाजु छन्। लेखा समितिको संयोजकमा भोविन्द्र गिरी र सदस्यमा दोलबहादुर थापा र धर्मदत्त पौडेल छन्।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले संस्थाहरुलाई कानूनले जन्माउने औँल्याए। उनले संस्थाको विधानले उल्लेख गरेको सीमादेखि बाहिर संस्था जान नपाउने उल्लेख गरे। विधान र कानूनले तोकेको सीमा बाहिर गए आफूमात्रै होइन, संस्था नै समाप्त हुने भन्दै उनले सचेत पारे।
‘नेचुरल व्यक्ति र व्यक्तित्व प्रकृतिले जन्माएको हुन्छ, मानिस जो हामीहरु छौं,’ प्रदेश प्रमुख कुँवरले भने, ‘कानूनले बर्जित गरेको, संविधानले नगर भनेको बाहेक अन्य सबै गर्न पाइन्छ। तर, कानून र संविधानले जन्माएको कुनै व्यक्ति वा संस्था संविधान, विधान र कानूनले भनेको बाहेक अरु गर्न पाउँदैन। अरु गरेमा कसूरदार कार्य हुनेछ। त्यो दण्डनीय हुन्छ। त्यस्तो कार्यले संस्थाहरु समाप्त हुन्छ।’
उनले सहकारीको अनन्त बाटो हुने बताए। प्रतिफल प्राप्तिका लागि पर्खनुपर्ने उनले सुझाव राखे। धेरै चञ्चलता र व्यग्रताले कुनै गन्तव्यमा पुग्न नसकिने उनको सुझाव थियो।
पोखरा महानगरपालिका सहकारी व्यवस्थापन समिति अध्यक्ष तेजनारायण अधिकारीले विकास र निर्माणका कार्यहरुमा सहकारीसँग सहकार्य गर्न महानगरपालिका तयार रहेको उल्लेख गरे। सहकारीमार्फत नै महानगरलाई समृद्धि बनाउने उनले बताए।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था लि. (नेफ्स्कून) सञ्चालक भीम गुरुङले सहकारी अभियान लामो अभियान रहेकोले लामो समयसम्म सँगसँगै हिंड्नुपर्ने बताए। गुरुङले सहकारीहरुलाई एकीकृत, ठूलो र ब्राण्डिङ गर्ने उद्देश्यमा नेफ्स्कून रहेको उल्लेख गरे।
जिल्ला सहकारी संघ कास्की उपाध्यक्ष बलराम गौतमले उत्पादनमूलक क्षेत्रमा सहकारीको लगानी हुनुपर्नेमा जोड दिए। सहकारीले रोजगार सिर्जना गर्नुपर्नेमा गौतमको जोड थियो।
कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय उपसचिव बद्रीनाथ अधिकारी, कास्की बचत तथा ऋण सहकारी संघका सचिव दीपकप्रकाश आचार्य, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिव सापकोटा, निर्वाचन संयोजक दयाराम गौतम, सेयर सदस्य सुशीलराज पराजुली र ऋषिराम काफ्ले लगायत बोलेका थिए।
संगम सहकारी अध्यक्ष नीरज थापाको अध्यक्षतामा भएको कार्यक्रममा सुगम सहकारीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद ढकालले स्वागत, सहकारीका उपाध्यक्ष नवराज तिवारीले धन्यवाद ज्ञापन गरेका थिए। यस्तै संचालन सचिव धनराज पुरीले गरेका थिए।
कार्यक्रममा, सहकारी सहसचिव लक्ष्मी न्यौपानेले सात सिद्धान्त बाचन र सहकारीका वरिष्ठ व्यवस्थापक अपिल कोइरालाले आर्थिक प्रतिवेदन पेश गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१