पोखरा, १५ चैत । एसओएस व्यवसायिक तालिम केन्द्र पोखराबाट तालिमप्राप्त प्रशिक्षार्थीहरु शुक्रबार दिक्षित भएका छन् ।
पोखरा–१७ स्थित एसओएस बालग्राम पोखरा छोरेपाटनमा शुक्रबार आयोजित एक कार्यक्रमबीच ३५ जना प्रशिक्षार्थीहरुलाई दिक्षित गराइएको हो ।
गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापा र ईन्द्रधारा बिष्टले उनीहरुलाई सम्मान गरी प्रमाणपत्र वितरण गरे । सीटीइभीटीबाट सम्बन्धनप्राप्त बिल्डिङ इलेक्ट्रिसियन, फर्निचर मेकर, कम्प्युटर अपरेटर र अटो मेकानिक्सको ३ महिना र इलेक्ट्रोनिक्स र लेथ सेटर अपरेटरको ६ महिनाको तालिम सञ्चालन गरिएको संयोजक मोहन केसीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले गण्डकी प्रदेश सरकारले युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाएको बताए । युवाहरुका लागि राज्यले धेरै अवसरहरु उपलब्ध गराएको बताउँदै सांसद थापाले प्राप्त अवसरलाई युवाहरुले सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सांसद ईन्द्रधारा बिष्टले एसओएसले शुरु गरेको प्राविधिकको व्यवसायिक तालिमले प्रदेश सरकारलाई सहयोग पुग्ने औंल्याए । उनले एसओएसले हिमाली क्षेत्रको बालबालिकाहरुको शिक्षामा पु¥याएको योगदानको समेत चर्चा गरे ।
सीटीइभीटी पोखराका प्राचार्य जीवन भण्डारीले तालिमले दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वास व्यक्त गरे । तालिमप्राप्त प्रशिक्षार्थीले व्यवसायमा जोड दिनुपर्ने भण्डारीको भनाई थियो ।
एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठले तालिममा सिकेका ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गरे । दिक्षित प्रशिक्षार्थी किरण थापासमेत बोलेका थिए ।
एसओएस बालग्राम पोखरा छोरेपाटनका योजना निर्देशक लोब्साङ ग्याल्त्सेनको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायक तालिम केन्द्रका प्रमुख थुप्तेत साम्फेलले स्वागत र एसओएस बालग्राम गण्डकीका निर्देशक प्रदिपभक्त आचार्यले कार्यक्रम संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
hero news full width
मुख्य समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१