पोखरा, चैत ५ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेकी छन् । विमानस्थल निर्माणका लागि पुगेकी उनले विमानस्थल निर्माणमा भैरहेका काम बारे चासो राखेकी थिइन् ।
उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीले अहिलेसम्म निर्माणमा भएको प्रगति बारे जानकारी गराएका थिए । निर्माणको काम तीव्र रुपमा भएकोमा खुसी व्यक्त गर्दै उनले यही गतिमा निर्माण कार्यलाइ निरन्तरता दिन सुझाव दिइन् । उनले राष्ट्रिय गौरवको आयोजना भएकाले पोखरेलीको मात्रै नभएर देशकै चासो रहेको भन्दै ढिला गर्न नहुनेमा जोड दिइन । उपप्रमुख गुरुङले विमानस्थल निर्माणले पोखरा र गण्डकी प्रदेशको आर्थिक विकास र समृद्धिको ढोका खुल्ने बताइन् ।
उनले बाह्य पर्यटक सिधै पोखरा आउने भएकाले यहाँको पर्यटन क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् । उनले पोखरा अन्तराष्ट्रिय शहरका रुपमा विकास हुने भएकाले विमानस्थल निर्माणसंगै अन्य भौतिक पूर्वाधार निर्माणमा ध्यान दिइने बताइन् । विमानस्थल निर्माणसंगै पृथ्वीचोकदेखि कोक्रेसम्मको सडक फराकिलो बनाउने तर्फ ध्यान दिइने बताइन् ।
निर्माण कार्य सुरु भएको १४ महिनामा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकोे काम ३० प्रतिशत सकिएको छ । वि.स.२०३२ सालमा विमानस्थल निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गरेपनि विभिन्न कारणले निर्माणको काम सुरु हुन सकेको थिएन् । त्यसैले अझै पनि विमानस्थल बन्छ भन्नेमा शंका ब्यक्त हुने गरेको छ । तर विमानस्थलमा भैरहेको कामले विमानस्थल समयमै सम्पन्न हुनेमा शंका नभएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मी बताउछन् । सन् २०२१ को जुलाई १० मा सक्नु पर्ने सम्झौता भएपनि तोकिएको समय सिमा भन्दा ६ महिना अघि नै सक्ने गरी काम युद्ध स्तरमा भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख विनेश मुनानकर्मीको भनाई छ ।
अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओर्लेने स्थान),ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम भइरहेको छ । १४ महिनामा सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण ३० प्रतिशत भन्दा धेरै काम सम्पन्न भइसकेकोले समय सिमा भन्दा छिटै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने मुनानकर्मीले बताउनुभयो । विमानस्थलभित्र १४ वटा भवन निर्माण हुने छन् ।
Related News
सम्बन्धित समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
पोखरा भिलेज अब चारतारे
ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१