गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक साँस्कृतिक प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता हुने
लमजुङ, २३ फागुन। लमजुङको जिल्ला सदरमुकाम बेसीसहरमा गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सव शुरु भएको छ। महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उदघाटन गरेका हुन्।
महोत्सवको उद्घाटन गर्दै यो महोत्सवले जिल्लाको पर्यटकीय महत्वलाई झनै उजागर गर्ने विश्वास जागृत भएको बताए। प्रदेश सरकार निजी क्षेत्र र स्थानीय तहसँग मिलेर काम गर्न चाहेको बताए। मुख्यमन्त्री गुरुङले लमजुङलाई अन्तराष्ट्रिय ब्यापारिक केन्द्र बनाउन समेत आफू लागिपर्ने बताए।
उनले गण्डकी प्रदेशमा वार्षिक ६ लाख पर्यटक भित्रने गरेको बताए। मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले ३ सय गाउँमा होमस्टे सञ्चालन गर्ने योजना अनुसार फागुन २४ गते १ सय ९० वटा होमस्टे घोषणा गरिने कार्यक्रम रहेको सुनाए।
उनले लगानीमैत्री वातावरण बनाउन सकेमा गण्डकी प्रदेशको भविश्य उज्वल रहेको बताए। महोत्सवले लगानी मैत्री वाताबरण बनाउन सहयोग पुग्ने बताए। मुख्यमन्त्री गुरुङले महोत्सवले जिल्लाको पर्यटकीय महत्वलाई झनै उजागर गर्ने विश्वास लिएको बताए। उनले लगानीमैत्री वातावरण बनाउन सकेमा गण्डकी प्रदेशको भविश्य उज्वल रहेको बताउँदै महोत्सवले लगानीमैत्री वाताबरण बनाउन सहयोग पुग्ने बताए। मुख्यमन्त्री गुरुङले भने, ‘लगानीमैत्री वातावरण बनाउन शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्छ।’ प्रदेश सरकार निजी क्षेत्र र स्थानीय तहसँग मिलेर काम गर्न चाहेको बताए। मुख्यमन्त्री गुरुङले लमजुङलाई अन्तराष्ट्रिय ब्यापारीक केन्द्र बनाउनसमेत आफू लागिपर्ने प्रतिबद्धता जनाए।
मुख्यमन्त्री गुरुङले प्रदेशले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाएको जानकारी दिदै पर्यटनको विकासबाट देशमा समृद्धि र गरिबी निवारण हुने बताए। कृषिमा आधुनिकिरण र यन्त्रिकरणसंगै कृषिको विकास हुने र त्यसपछि उद्योग क्षेत्रको विकास हुने उनले तर्क गरे। मुख्यमन्त्री गुरुङले पुरानो औद्योगिक नीति तथा मौद्रिक नीतिको पुनरावलोकन गरिनुपर्ने बताए।
उनले लगानीमैत्री वातावरण बनाउन सकेमा गण्डकी प्रदेशको भविश्य उज्वल रहेको बताए। महोत्सवले लगानीमैत्री वाताबरण बनाउन सहयोग पुग्ने उनको भनाई थियो। मुख्यमन्त्री गुरुङले भने, ‘लगानीमैत्री वातावरण बनाउन शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्छ।’
उनले गण्डकी प्रदेशमा १४ प्रतिशत गरिबी रहेकोले अबको ५ बर्षमा त्यसलाई ७ प्रतिशतमा झार्ने प्रदेश सरकारको योजना रहेको दोहोर्याए। अर्को प्रसंगमा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश जलस्रोत र पर्यटनमा धनी प्रदेश भएको उल्लेख गरे। ‘कृषि र पर्यटनको विकास हुन सके गरिबी अन्त्य हुँदै जान्छ,’ उनले भने, ‘रोजगार प्राप्त हुन्छ। प्रदेशले सोही अनुसारको योजना बनाएको छ।’
महोत्सवमा २ सय ५० वटा स्टल रहेका छन्। १० वटा होटल तथा रेष्टुरेण्ट, ४० वटा कृषि, घरेलु सामग्री सम्बन्धी स्टल र अन्य प्रकारका स्टल रहेका छन्। संघका महासचिव कृष्णजंग गुरुङका अनुसार महोत्सवमा शिक्षा क्षेत्र अन्तर्गत विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा विक्री कक्ष, आइटी प्रदर्शनी राखिएको छ।
यस्तै, गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक साँस्कृतिक प्रदर्शनी, लोक दोहोरी गीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता हुने छ। बेसीसहरको दनाईफाँटमा सञ्चालित महोत्सव फागुन २९ गतेसम्म चल्नेछ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्युतीय सवारीसाधनमा आकर्षण
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१