पोखरा, १८ फागुन । नेपाली फिल्म ‘जानी नजानी’ यूनिट प्रचारको क्रममा पोखरा आईपुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै ‘रोमान्टिक–कमेडी’ जनराको यो फिल्मको यूनिटले दर्शकलाई फिल्म हेरिदिन आग्रह समेत गरेको छ ।
‘फिल्म हेर्दा दर्शकले भरपुर मनोरञ्जनसहित केही सन्देश दिने र, केहि फरक अनुभूति पनि दर्शकले गर्न सक्ने पत्रकार सम्मेलनमा फिल्मका अभिनेता मनिष श्रेष्ठले भने । यो फिल्म नेपाली स्वादको भएको उनको दावि थियो ।
विशेषगर? युवापुस्तालाई अरुको देखासिकी गर्नुभन्दा पनि आफ्नै शैलीको केही नयाँ काम गर्न फिल्मले सिकाउने उनले बताए । ‘यो फिल्म हेर्दा प्रत्येक दर्शकले त्यहाँको चरित्रसँग आफूलाई दाँज्न सक्नुहुन्छ । र, यहि कुरा नै फिल्मको सफलता हो, भन्ने मलाई लाग्छ ।’ श्रेष्ठ विश्वस्त देखिए ।
घाटामा गएको पुख्र्यौली ढाका उद्योगलाई एउटा युवा जोश र जाँगरले कसरी पुर्नस्थापित गराउन सक्छ ? भन्ने मुल कथा यो फिल्मले पस्केको छ । त्यसो त यो फिल्मले पारिवारीक सम्बन्ध र प्रेम सम्बन्धको कुरालाई पनि प्रस्ट्याउन खोजेको छ । फिल्मको ट्रेलरलाई पनि दर्शकले निकै राम्रो प्रतिक्रिया दिईरहेका छन् ।
त्यस्तै अभिनेत्री नीरिषा बस्नेतले फिल्मको ‘कन्टेन्ट’ मन परेरै आफूले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेको बताईन् । बलिउडमा समेत काम गरिसकेकी नीरिषाले यो फिल्म हेर्दा कसैलाई घाटा नहुने दाबी गरिन् । ‘यस्ता फिल्महरु निकै कम बन्छन् । जसले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व कसरी वहन गर्ने भन्ने विषयमा दर्शकसँग साक्षात्कार गर्छन् ।’ उनले भनिन्–‘यो निकै गज्जब विषयमा बनेकोले पनि दर्शकलाई नयाँ स्वाद हुन सक्छ ।’
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
महेन्द्र माविमा रुद्रमधु गोविन्द अक्षयकोष स्थापना
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१