वालिङमा बीमाबारे अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
life insurance

वालिङ, १४ माघ । बीमा समितिको आयोजनामा आइतबार वालिङमा बीमा सम्बन्धी अन्तरक्रिया गरिएको छ । स्थानीय तहसँग बीमा समितिको अन्तरक्रिया कार्यक्रम अन्तरगत वालिङ नगरपालिकासँग अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बीमा गर्ने बानीको विकास गर्नुपर्ने औंल्याए । उनले बीमा कम्पनीहरुले पोलिसी बेच्ने र बजारमा धेरै बीमा कम्पनीहरु रहेकाले जुनमा राम्रो पोलिसी हुन्छ सोहीबाट गर्न सकिने धारणा राखे ।

‘बीमा कम्पनीहरुले बीमा बापतको रकम समयमै क्षतिपूर्ति दिएर जनमानसमा विश्वासको वातावरण निर्माण गर्नुपर्छ’ नगर प्रमुख खाँणले भने, ‘समयमै क्षतिपूर्ति बापतको रकम प्राप्त भएमात्रै बीमा गर्नुको उद्धेश्य पूरा हुन्छ ।’

बीमालाई अझै प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने देखिन्छ त्यसका लागि बीमाको महत्वलाई गाउँ गाउँमा पुर्याएर जोखिम न्यूनिकरण गर्न बीमा कम्पनीहरु लाग्नुपनेर्मा नगर प्रमुख खाँणले जोड दिए ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जनचेतनाका कमी, भौगोलिक कठिनाई, बीमा सम्बन्धी शिक्षाको अभाव, बेरोजगारी तथा न्यून आयस्तर, बीमा कम्पनीहरुको न्यून उपस्थिति जस्ता कारणले गर्दा बीमा गनेर्हरुको संख्या बढ्न नसकेको बताए ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई पहिला प्रशिक्षण दिएरमात्रै कार्यका लागि स्वीकृति दिनुपनेर्मा जोड दिए । उनले बीमाबारे बुझ्दै नबुझेका अभिकर्ताले पोलिसी बेच्न नसक्ने भएकाले समस्या भएको बताए ।

कार्यक्रममा सूर्य लाइफ बीमा कम्पनीका कार्यकारी अधिकृत शिवलाल पाण्डेले बीमा गरेर जोखिम न्यूनिकरणका लागि लाग्न आग्रह गरे । उनले जीवन बीमा वा निर्जीवन बीमा गरेर जोखिमलाई कम गर्न सकिने विचार ब्यक्त गरे ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत चाटर्ड एकाउन्टेन्ट गोपाल पंगेनीले गरेका थिए । अन्तरक्रिया कार्यक्रममा वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, बैंक तथा बित्तीय संस्थाका प्रमुखहरु, बीमा कम्पनीका प्रमुखहरु, पत्रकारहरुको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width