लमजुङ, ६ माघ। लमजुङको बेसीशहर नगरपालिकाले दीर्घकालीन सोंच र नारा तय गरेको छ ।
नगरपालिकाले ‘कृषि, पर्यटन र पूर्वाधार–सुसंस्कृत र समृद्ध बेसीशहर’ भन्ने नारा तय गरेको हो।
दीर्घकालीन सोंच निर्धारण कार्यक्रम तय गर्ने क्रममा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी ‘कृषि, पर्यटन र पूर्वाधार–सुसंस्कृत र समृद्ध बेसीशहर’ नारा र दीर्घकालीन सोंच तय गरेको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार एवम् नेपाल पत्रकार महासंघका पूर्वजिल्ला अध्यक्ष कृष्ण केसीले बताए।
अन्तरक्रिया कार्यक्रममा नगर कार्यपालिका पदाधिकारीहरू, राजनीतिक दल र बेसीशहर नगरपालिका भित्र रहेका बुद्धिजीवी तथा सरोकारवाला निकायको छलफलबाट नगरपालिकाको आधिकारिक नारा र दीर्घकालीन सोंच तय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए । अन्तरक्रियामा पूर्व शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत परामर्श निकायको समन्वय टोलीका संयोजक नारायणप्रसाद खनालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए। कार्यक्रममा टोलीका सदस्य डा केदार दाहालले बेसीशहर नगरपालिकाको विभिन्न तथ्यांकसहितको वस्तुस्थिति तथा योजना निर्माणका लागि भएका प्रयास र बेसीशहरको अबस्थाबारे कार्यपत्र प्रस्तुत गरेको थियो।
उनले बेसीशहर नगरपालिकामा कृषि र पर्यटनको विकास प्रमुख आधार हुन सक्ने उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार विकास, सामाजिक तथा सांस्कृतिक पक्ष, आर्थिक विकास, वातावरण व्यवस्थापन, जोखिम न्यूनिकरण तथा संस्थागत विकासबारे तीन समूह बनाएर छलफल गरी सुझाब संकलन गरिएको बेसीशहर नगरपालिका– ८ का अध्यक्ष पवित्रा थापामगरले बताइन् । उनका अनुसार स्थलगत अध्ययन, छलफलबाट आएको सुझाब र नगरपालिकाको अवस्थालाई ध्यानमा राखेर दिर्घकालीन योजना निर्माण गर्ने लक्ष्य राखिएको छ ।
बेसीशहर नगर प्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख लक्ष्मी अधिकारीले र नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले सञ्चालन गरेका थिए।
समूहगत रूपमा छलफलगरी समूहका तर्फबाट राजेन्द्र बोहरा, भोजबहादुर रिमाल र जनकराज बस्नेतको प्रस्तुति रहेको कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य फूलबहादुर थापा, नेपाली काँग्रेस सचिव हरि बराल, जिल्ला विकास समितिका पूर्व सभापति शंकरकान्त जोशीलगायतले सुझाव दिएका थिए ।
सुझावका आधारमा स्थलगत अध्ययन, छलफल र आवश्यक परामर्श गरी आगामी चैत्र मसान्तसम्म दीर्घकालीन योजना तय गरिने पराशर्मदाता कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१