सांसद गुरुङको तलवभत्ता सामाजिक सेवामा

आदर्श समाज सम्वाददाता
पौष २३, २०७५

पोखरा, २२ पुस  । गण्डकी प्रदेशका सांसद मिना गुरुङ सासंद भएदेखि आफूले पाउँदै आएको सेवा सुबिधाहरु सामाजिक क्षेत्रमा प्रदान गरेकी छन् ।

जिफन्टका उपाध्यक्षसमेत रहेकी सांसद गुरुङले असाहाय, जेष्ठनागरिक तथा अपाङ्गता भएकाहरुलाई सहयोग गर्दै आएकी हुन् ।

सासंद गुरुङसहित राष्ट्रिय सौन्दर्ययकर्मी युनियनका पदाधीकारी तथा सदस्यहरुले पोखरा महानगरपालिका बडा नं १४ भैरेस्वरी आधारभूत प्राथमिक विद्यालयका बालबालिकाहरु तथा नमुना बस्तीका जेष्ठनागरिकहरुलाई न्यानो कपडा बितरण गरे  ।

सांसद गुरुङले भैरेस्वरी आधारभूत बिद्यालयका बिद्यायार्थीहरुलाई १ सय २७ थान स्वीटर, टोपी, चकलेट र बिस्कुटसमेत बितरण गरिन् ।

त्यसैगरी, सासंद गुरुङले नमुना बस्तीका श्रमिकका बाबुआमाहरुलाई १५ थान ज्याकेटसहित लत्ताकपडा र खाद्यान्नसमेत बितरण गरिन् ।

कार्यक्रममा बोल्दै सांसद गुरुङले नैतिक र ब्यवहारिक शिक्षा लिन जोड दिइन् । बिद्यालयका बालबालिकाहरुले राष्ट्रिय र तथा अन्तराष्ट्रियस्तरमा समेत नाम उँचो राख्न आग्रह गरिने ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङले विद्यालयलाई दुई थान फुटबल प्रदान गरे । उक्तअवसरमा वडा नं १४ का वडासदस्य जितेनद्रजंगबहादुर थापा, जिफन्ट गण्डकीका सह–सचिव संगिता पाण्डे, बिद्यालयका प्रधानाअध्यापक मिना कार्की, ब्यवस्थापन समितिका अध्यक्ष भिमजंगबहादुर कुवँर, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, समाजसेवी बिजया सुवेदी र बसुन्धरा पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width