अपराधी कोही कसैका हुँदैनन् : सांसद अधिकारी

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७५

लेखनाथ, २८ असोज ।पूर्व स्वाथ्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य खगराज अधिकारीले अपराध गर्ने जो कोहीपनि कसैका नहुने जोड औंल्याएका छन्।

लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले आइतवार राखेको शुभकामना आदानप्रदान एवं बधाई कार्यक्रममा बोल्दै अधिकारीले अपराधिक मनोबल भएको जोकोही न कुनै पार्टीको हुन्छ, न आफन्त नै त्यसैले अपराधको नियन्त्रणका लागि टोलटोल र घरघरबाट अभियान संचालन गर्नुपर्ने सुझाव दिए।

समाजमा ब्याप्त अपराधजन्य घटनालाई न्युनिकरण गर्नका लागि सामुदायिक सेवा केन्द्रले खेलेको भुमिका महत्वपूर्ण भएको विचार राख्दै पाप र धर्मीको ख्यान नगर्नेहरू अहिले अपराधीक कार्यमा लागेको हुदाँ उनिहरूलाई हतोसाहित बनाउनका लागि हदै सम्मको कारवही गर्नु पर्छ नेता अधिकारीको भनाई रहेका थियो ।

सोही अवसरमा प्रदेश संसाद दिपक कोइरालाले कानूनको दायरामा ल्याएर अपराधीलाई कारवाही गर्नुपर्नेमा जोड दिए। कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले अपराध गर्ने अपराधी हुने बताउँदै त्यसको नियन्त्रणका लागि कास्की प्रहरी अभियानका रुपमा अगाडि बढेको धारणा राखे।

सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, सामुदायिक सेवाकेन्द्र कास्कीका नवनिर्वाचित अध्यक्ष सोमनाथ बास्तोला, लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराललगायतले आ-आफ्नो धारणा राखे।सोही अवसरमा जिल्ला समान्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बास्तोलालगायत पदाधिकरीहरुलाई सम्मान गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width