एसएसओएसका भूपू विद्यार्थी एकजुट, अध्यक्षमा विकास

आदर्श समाज सम्वाददाता
जेठ १०, २०७५

पोखरा, ९ जेठ। भूतपूर्व विद्यार्थीबीच एकता कायम गर्न एसओएस हर्मन माइनर विद्यालयका भूतपूर्व विद्यार्थी एकजुट भएका छन्।

भूपू विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी स्थापनाको औपचारिक घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि एसओएस बालग्रामका योजना निर्देशक भगतकुमार श्रेष्ठले संस्था चलाउँदा थुप्रै चुनौती आउने भएकोले त्यसलाई समाधान गर्न सबै विद्यार्थी एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

भूपू विद्यार्थी डा रविमोहन ढकालले संस्थाले सबैलाई समेट्ने खालको कार्यक्रम गर्न सुझाव दिए। विद्यालयका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले भूपू विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी नमूना संस्था बन्ने अपेक्षा गरे।

एसओएस यूथ फ्यासिलिटी गण्डकीका र्डाईरेक्टर प्रदीपभक्त आचार्यले संस्था स्थापना गर्नु ठूलो विषय नभएर संस्थालाई निरन्तरता दिनु चुनौतीको विषय भएको बताए ।

समितिका अध्यक्ष विकास श्रेष्ठले विद्यालयका विद्यार्थी देशमा मात्र नभएर विदेशमा पनि छरिएर रहेकाले उनीहरु सबैलाई एकत्रित गर्ने उद्देश्यले समिति गठन गरेको बताए।

विकास श्रेष्ठको अध्यक्षतामा गठित ९ सदस्यीय समिति उपाध्यक्षमा सम्झना पराजुली, सचिवमा अमृतकुमार पौडेल, कोषाध्यक्षमा अञ्जु गुरुङ, सदस्य राजु लामा, कुमार गुरुङ, सम्झना लम्साल, एलिसा शर्मा, शंकर श्रेष्ठ रहेका छन्।

विकास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सम्झना पराजुली र सञ्चालन सचिव अमृतकुमार पौडेलले गरेका थिए।

एसओएस हरमन माइनर विद्यालयले अभिभावक गुमाए विभिन्न ठाउँका विपन्न बालबालिकाको अभिभावक बनेर उनीहरुलाई उपयुक्त वातावरणमा हुर्काउनुका साथै गास, वास, कपास, शिक्षा र संरक्षण दिदैँ आएको छ।

यस क्षेत्रकै उत्कृष्ट विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल विद्यालयले समाज धेरै बालबालिकालाई शिक्षा आर्जन गर्न छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।

हाल एसओएस बालग्राममा १ सय ४७ जना बालबालिका छन् । विद्यालयले १ सय २० जनालाई छात्रवृत्ति प्रदान गरेको छ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width