अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७५

रूपन्देही, १५ वैशाख । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ ।

गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले गरे ।

३८ देशको सहभागिता हुने भनिए पनि १६ देशको सहभागिता रहेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा ७० जना अन्तर्राष्ट्रिय प्रतिनिधि रहेको लुम्बिनी विकासकोषको सचिवालयले जनाएको छ ।

गोष्ठीमा अमेरिका, जापान, भारत, इण्डोनेसिया, चीन श्रीलंकालगायत मुलुकका विश्वविद्यालयका प्रोफेसर, प्रकाण्ड बौद्ध धर्मगुरु सहभागी छन्।

सम्मेलनमा विभिन्न देशका बौद्ध विद्वान्हरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुनेछन् । दुर्इ दिनसम्म चल्ने सम्मेलनले लुम्बिनी घोषणापत्रसमेत जारी गर्नेछ ।

नरेशमान बज्राचार्यले विश्वका पुरातत्वविद् र बौद्ध विद्वान्हरूले लुम्बिनीलाई गौतमबुद्धको जन्मस्थलको रूपमा संसारभर प्रचारप्रसार गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width