मेसुका कप उपाधि लामिछानेलाई

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
dharam (1)

पोखरा, ११ चैत । कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टस्को संयोजनमा भएको मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछाने जितेका छन।

पोखरा रंगशालामा आइतबार भएको फाइनलमा उनले गोपीबहादुर भट्टराईलाई ६-४ र ६-३ को सहज सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । योसँगै उनले प्रतियोगिताको अघिल्लो संस्करणमा व्यहोरेको पराजयको बदला समेत लिए । साविक विजेता भट्टराईले अघिल्लो संस्करणमा लामिछानेलाई नै फाइनलमा सुपरर्टाईमा पराजित गर्दै उपाधि जितेका थिए।

विजेतालाई प्रदेश ४ का प्रहरी प्रमुख नेपाल प्रहरीका एआइजी कमलसिंह बम, जिल्ला प्रहरी कास्कीका कार्यालयका प्रमुख अशोक सिंह, भारतीय पेन्सन क्याम्पका कर्णेल प्रतीक शर्मा लगायतले पुरस्कार वितरण गरे। प्रतियोगिता संयोजक मेसुका स्पोर्टस् सञ्चालक राजु गुरुङले प्रतियोगितामा सहभागी खेलाडीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आयोजक संघ कास्कीका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता संयोजन गरेकोमा मेसुका स्पोर्टसका प्रबन्ध निर्देशक देवी गुरुङलाई आभार व्यक्त गरे।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width