आदिवासी जनजातिको नवलपुरस्तरीय भेला

प्रदेश नाममा जातियता माग

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

कावासोती, ६ चैत । आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको मुख्य अधिकार अझै प्राप्त नभएकाले आन्दोलन धाल्नुको विकल्प नभएको बताएका छन् ।

नवलपरासीको कावासोतीमा मंगलबार आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको नवलपुरस्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्।

काग तिहार, कुकुर तिहार लगायतमा बिदा दिइन्छ तर आदिवासी जनजातिका चार्डपर्वमा बिदा दिइँदैन यहीनेर विभेद छ, उनले भने ।

उनले संविधानमा सबै जातजातिले आफ्नो सांस्कृतिक पर्व मनाउन पाउने संस्कृतिको संरक्षण गर्न पाउने भनिएपनि सो कार्यान्वयनमा नआएको बताए।

प्रदेश र स्थानीय सरकार गठनपछि प्रदेश र स्थानीय सरकार सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारले बनाउने कानूनमा आदिवासी जनजातिका हक अधिकार समेट्नका लागि आदिवासी जनजाति महासंघले थालेको देशव्यापी अभियानको क्रममा मंगलबार नवलपुरमा पनि कार्यक्रम गरेको हो।

आदिवासी जनजाति महासंघका केन्द्रि उपाध्यक्ष गोविन्द छन्त्यालले आदिवासी जनजाति पटक पटक अरुको लागि लडे सहित भए तर अब आफ्नो लागि लड्ने बेला आएको बताए।

उनले आदिवासी जनजाति जहाँ जुन पार्टीका रहे पनि अब पार्टीन्दा माथि उठेर जनजाति आन्दोलनमा लाग्नु पर्नेमा जोड दिए ।

आदिवासी जनजाति महासंघले प्रदेशको नामकरण गर्दा जातीय पहिचानको आधारमा राख्नु पर्ने, प्रदेश र स्थानीय सरकारमा त्यहाँका जतजातिको बाहुल्यता रहेर सरकारी कामकागको भाषामा मातृभाषा पनि प्रयोग गरिने गरी निर्णय हुनु पर्ने लगायत माग राख्दै अभियान थालेका हुन्।

रामबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका संयोजक चेसराम आले, कावासोती नगरपालिकाका मेयर चन्द्राकुमारी पुन, मध्यविन्दु नगरपालिकाका मेयर चन्द्रबहादुर राना, देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ लगायतको समेत सहभागिता रहेको थियो।

त्यस्तै आदिवासी जनजातिको क्षेत्रमा सरकारी पहुच समान रुपले पुग्न नसकेको नेपाल आदिबासी जनजाती महासंघ संघिय परिषद सचिवालय अध्यक्ष जगत बरामले बताए।

कावासातीमा आदिवासी जनजाति महासंघ नवलपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…
  • जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै

    धनबहादुर गुरुङ वैशाख १५, २०८१
    पोखरा । ‘क्या राम्रो स्याउबारी मार्फा गावैमा, हेर्दा राम्रो मार्फा स्याउ, खाँदा मिठो मार्फा स्याउ…’ वसन्ती लालचनको शब्द अनि ज्योति…
  • त्रासैत्रासमा तंग्रिदै कागबेनी

    धनबहादुर गुरुङ वैशाख १४, २०८१
    पोखरा । हिउँ पर्ने सिजनमा हिउँ परेन, पानी नपर्ने बेला मुस्ताङमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय,…

hero news full width