पोखरा, ९ माघ। युवा गजलकार वसन्त अधिकारी ‘विवश’को गजलसंग्रह ‘मेरो मनका भावनाहरु’ विमोचन गरिएको छ। गजलकार अनुराग अधिकारी, धर्मस्थली आधारभूत विद्यालयका प्रअ केदारनाथ बराल र लोकगायिका अम्बिका भण्डारीले गजलसंग्रह संयुक्त विमोचन गरे।
प्रेमभाव, देशप्रेम, करुणा, सामाजिक बेथिति समेटिएको उक्त गजलसंग्रहमा ६६ वटा गजल संग्रहित छन्। आफ्नो मनभित्र कृण्ठित रहेका भावना गजलमार्फत पोखेको गजलकार वसन्त अधिकारी ‘विवश’ले बताए।
प्रमुख अतिथि अधिकारीले गजलकारले गजलसंग्रहमार्फत आफ्नो सामर्थ्य बोकेर आएको बताए। उनले साहित्यको यात्रालाई निरन्तर कायम राख्नुपर्नेमा अधिकारीले जोड दिए।
समीक्षक जगननाथ रेग्मीले गजलसंग्रह बलशाली बनेको उल्लेख गरे। गजलमा हुनुपर्ने खुराक गजलकारले समेट्ने प्रयास गरेको समीक्षक रेग्मीको भनाइ थियो। गजलमा देशप्रेम, प्रेमभाव, करुणा र सामाजिक वेथितिविरुद्ध जेहाद छेडिएको समीक्षक रेग्मीले बताए।
कार्यक्रममा वाराही माविका प्रअ श्रीप्रसाद भण्डारी, उद्योगी व्यवसायी नवराज दवाडी, बुद्धिजीवी कृष्णमणि भूर्तेल, पत्रकार रुपिन्द्र प्रभावी, साहित्यकार प्रकाश अधिकारी, लोकगायिका अम्बिका भण्डारी, नारी जागृती आमा समूहकी अध्यक्ष शुभद्रा कोइराला र सिर्जना भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए। धर्मस्थली आधारभूत विद्यालयका प्रअ केदारनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा सो विद्यालयका शिक्षक इन्दिरा पराजुलीले स्वागत र शिक्षक हरिश्चन्द्र अधिकारीले सञ्चालन गरेका थिए।
कार्यक्रममा उद्योगी व्यवसायी नवराज दवाडीले गजलकार वसन्त अधिकारीको साहित्य उन्नयनका लागि प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ प्रदान गरे। स्थानीय नारी जागृति आमा समूह अध्यक्ष शुभद्रा कोइरालाले ५ सय रुपैयाँसहित गजलकार वसन्त अधिकारीका बाबु बलराम अधिकारी, आमा बुद्धिमाया अधिकारी र हजुरआमा लगायतको परिवारलाई सम्मान गरिन्।
स्थानीय समाजसेवी भुवानीप्रसाद अधिकारीले ५ सय रुपैयाँ सहयोग गरे।
Related News
सम्बन्धित समाचार
महिलाको लगानीमा सरफ उद्योग सञ्चालन
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१