१. नेपालका गम्भीर अनुसन्धानकर्ताको रुपमा देश विदेशको विद्वान वर्गमा ख्याति कमाएका कीर्तिपुर निवासी शुक्रसागर श्रेष्ठको यही जेठ ४ गते आफ्नै निवास कीर्तिपुरमा निधन भयो। उनी ६५ वर्षका थिए। केही महिनादेखि उनी मधुमेह लगायतका विविध रोगहरुबाट पीडित थिए।
२. अनुसन्धानकर्ता श्रेष्ठ विद्यार्थी अवस्थादेखि नै इतिहास, पुरातत्व र उत्खनन्मा रुचि राख्थे। विश्व विद्यालयको अध्ययन पूरा गरी उनी सरकारी सेवामा लागे। उनी पुरातत्व विभागका निर्देशक भए। निर्देशक भएर काम गर्दै गर्दा उनले आफ्नै इच्छाले राजीनामा दिए। त्यसपछि उनले नीति स्तरबाट अध्ययन, अन्वेषण र अनुसन्धान गरे।
२. उनले नेपालको धेरै ऐतिहासिक स्थलहरुको अन्वेषण र उत्खनन् गरेका थिए। उनले मुस्ताङ जिल्लाको डाँडाका गुफाहरुदेखि काली गण्डकी क्षेत्रको मानव गुफाको अनुसन्धान गरी नयाँ-नयाँ तथ्यहरु जनसमक्ष ल्याए। उनले धादिङ जिल्लाको सल्यानटारको पनि व्यापक उत्खनन् गरेका थिए।
३. काठमाण्डौ, भक्तपुर, ललितपुर, कीर्तिपुरको नयासफु, वंशावलीदेखि ऐतिहासिक, पुरातात्विक सामग्रीको उत्खनन् र त्यसको अध्ययनमा उनले धेरै वर्ष बिताए। उनले आफ्नो अनुसन्धानबाट नयाँ कुराहरु ल्याएका मात्र होइनन्, विगतमा विदेशीहरुले लेखेको इतिहासलाई सच्याउने काम पनि गरे। जसले गर्दा उनको विद्वताको चर्चा भएको थियो।
४. उनले युनेस्कोको परियोजना अन्तर्गत विदेशका धेरै ठाउँमा काम गरे। उनले युनेस्कोले सञ्चालन गरेको रेशम मार्ग परियोजनामा रहेर पनि महत्वपूर्ण काम गरेका थिए। उनको कामबाट विदेशीहरु खुशी भएका थिए। युनेस्कोका पदाधिकारीहरुले शुक्रसागरलाई ज्ञानको सागर भनी नाम राखेका थिए।
५. उनी लुम्बिनी स्थित आशोक स्तम्भमा ब्राह्मी लिपिमा लेखिएको अक्षरको अझ पनि पूरा अनुवाद नगरिएकोमा असन्तुष्ट भई आफै ब्राह्मी लिपिको अध्ययन गर्नमा अग्रसर भएका थिए। उनले नवलपरासीको पण्डित पुरमा धेरै वर्ष उत्खनन् गरी देवदह राज्यको राजधानी पण्डितपुर भएको घोषणा गरेका थिए।
६. कीर्तिपुर बासी भएकाले कीर्तिपुरको इतिहास, संस्कृति, अभिलेख, मठमन्दिरहरुको उनले गहन अध्ययन गरेका थिए। उनले त्यसरी अध्ययन अनुसन्धान गरी “कीर्तिपुरको सांस्कृतिक र पुरातात्विक इतिहास” नामक महत्वपूर्ण किताब लेखेका थिए। जुन किताबलाई नेपाल र एशियाली अनुसन्धान केन्द्रले २०५७ मा प्रकाशित गरेको थियो।
७. शुक्रसागर श्रेष्ठ पुरातत्व र अनुसन्धानको क्षेत्रमा ज्ञानका सागर नै थिए। उनले आफ्नो अनुसन्धानबाट प्राप्त सत्य तथ्यलाई जस्ताको तस्तै प्रकाश पार्दथे। त्यसमा उनी कोही रिसाउला कि भनी तथ्यलाई बङ्ग्याउने आदि गर्दैनथे। त्यसले उनी खरो अनुसन्धानकर्ताको रुपमा परिचित थिए।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१