१. हाम्रो देशको आकाशबाट अन्यौल र अनिश्चियको कालो बादल हट्दै गएको छ। हिजो संविधान बन्नै सक्दैन भन्नेहरूले संविधान बनेको देखेका छन्। हिजो चुनाव हुनै सक्दैन भन्नेहरूले चुनाव भएको देखेका छन्। त्यस्तै विद्युत्को क्षेत्रमा लोडसेडिङ जुन अभिषापको रुपमा आएको थियो, त्यो पनि हट्दै गरेको छ।
२. त्यस्तै स्वास्थ्यको क्षेत्रमा पनि धेरै नीति नियम बन्दैछन्। हिजो ठूलावडाको स्वास्थ्यलाई मात्र ध्यान दिने सरकारले अहिले जनस्वास्थ्यको क्षेत्रमा काम गर्न थालेको आभाष भएको छ। अहिले औषधिमूलो नभइकन कोही पनि मर्न नपरोस् भन्ने शब्द सुन्न थालिएको छ। गम्भीर रोगका रोगीहरूले सरकारबाट औषधोपचारका लागि सहयोग पाउन थालेका छन्।
३. त्यस्तै, उद्योगको क्षेत्रमा पनि सकारात्मक परिवर्तन आउन थालेको छ, लगानीकर्ताहरू अब त अघि सर्नुपर्दछ भन्न थालेका छन्। सरकारले विगत १५/२० वर्षदेखि बन्द रहेको सरकारी उद्योग कम्पनीहरू अहिले सञ्चालन गर्ने जमर्को गरेको छ। नेपाल औषधि लिमिटेडले पहिलो पटक उत्पादन थालेको छ। अरु बन्द उद्योग चलाउने प्रयास पनि गरिएको छ।
४. राजनीतिमा पनि ठूलो परिवर्तन देखिएको छ। राजनीतिको परिवर्तन २०६२/०६३ सालदेखि नै भएको थियो तर त्यसबेला त्यो त्यति चर्चित भएन। सिद्धान्तको नाममा दक्षिणपन्थी र वामपन्थीमा विभाजित राजनीतिक शक्तिहरू अहिले त्यो घेरा तोड्दै समय र स्वार्थअनुसारको गठबन्धन गर्दैछन्।
५. स्थानीय तहको निर्वाचनमा एमाले र राप्रपाको गठनबन्धन तथा नेपाली काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावमा यस्तो स्थिति उत्पन्न गर्यो। जसलाई ती पार्टीका कार्यकताहरूले समेत सकारात्मक किसिमले लिन सकेनन्। तापनि नेताहरू आफ्नो प्रयासमा अडिग रहेका छन्।
६. नेताहरू सिद्धान्तवादीभन्दा व्यवहारवादी हुन खोजेका हुन् कि जस्तो देखिएको छ। दक्षिणपन्थीले काम गर्दैन र गरे पनि ढिलो गर्दछ भन्ने भावना विश्वबाट हट्दै गएको छ। भारतमै पनि दक्षिणपन्थी कहलिएका प्रधानमन्त्री नरेन्द्रमोदीको सरकारले जे जसरी काम गरेको छ, त्यो सबैका लागि चुनौती भएको छ।
७. सिद्धान्तको नामबाट मात्रै प्रगति हुन्छ भन्ने कुरा धेरै ठाउँमा असत्य सावित भएको छ। देश विकासको लागि सबै मिल्नुपर्दछ र मिलेर अघि बढ्नुपर्दछ। हाम्रा शीर्ष नेताहरूले देश विकासका लागि तालमेल गरेको हो भने त्यो सकारात्मक हो र त्यसले राम्रो परिणाम ल्याउन सक्दछ र यो चुनावदेखि देश उज्यालोतिर गएको प्रष्ट हुनेछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
जेठ १, २०८१गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
जेठ १, २०८१कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
जेठ १, २०८१पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१