१. कुनै जमाना थियो, मानिसले मानिसको प्रशंसा गर्दथे। मानिसले मानिसलाई मार्न हुँदैन, मानिस-मानिस मिलेर बस्नु पर्दछ भन्थे। त्यसो भन्नेहरुले मानव वंशको चिन्ता गर्दथे। तर अहिले समय धेरै अघि बढेको छ। मानिसले मानिसलाई मात्र हेरे हुँदैन, प्रकृतिका जीवजजन्तु चराचुरु·ी सबैको रक्षा गर्नु पर्दछ भन्ने आवाज आउन थालेको छ।
२. बाघ भालुलगायत ठूला जनावरको संरक्षण र तिनीहरुको वंश वृद्धिमा विभिन्न परियोजनाहरु लागू गरिएका छन्। साथै कतिपय जनावर वंश वृद्धिका लागि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तर गर्ने र एक देशबाट अर्को देशमा लग्ने पनि गर्ने गरिएको छ। त्यसरी आदनप्रदान गरिएबाट तिनीहरुको संरक्षण कार्यमा सकारात्मक प्रभाव परेको छ।
३. चराचुरुङ्गीमध्ये गिद्ध संरक्षणको अभियान चलेको छ। ठाउँ ठाउँमा गिद्धको लागि रेष्टुराँ सञ्चालन गर्ने गरिएको छ। तिनीहरुले अन्यत्र गएर विषालु मासुलगायत नखाओस् भनेर हाम्रै देशमा पनि धेरै ठाउँमा रेष्टुराँको व्यवस्था गरिएको छ। त्यो व्यवस्थाबाट गिद्धको संख्या बढेको रिपोर्ट छ।
४. अहिले मानिसहरुको ध्यान ठूल्ठूला कुरामा मात्र होइन, साना साना चराचुरुङ्गीमा पनि गएको छ। केही वर्षदेखि हाम्रो घरबारीमा हुने भँगेराको संख्या घट्दै गएकोमा पनि चिन्ता व्यक्त गर्ने गरेका छन्। अनेक विकिरण र प्रदूषित वातावरणले पनि तिनीहरुलाई प्रभाव पारेको छ र तिनीहरुको संख्या घट्दै गएको छ।
५. प्रकृतिवादीहरु भँगेरालाई मानिसको फुच्चे साथी भन्छन् मानिसको घर र घरको आसपासमा बस्ने तिनीहरुले हाम्रो वातावरण बनाउन र अन्नबाली जोगाउने काममा महत्वपूर्ण भूमिका खेल्दछन्। विज्ञहरुले तिनीहरु जन्मेको १५ दिनपछि हाम्रो अन्नबालीमा लाग्ने साना किरा खान थाल्छन् र अन्नबाली जोगाउँछन्।
६. सन्तुलित वातावरणका लागि पनि यसको आवश्यकता छ। त्यसैले विषयविज्ञहरुले भँगेरालाई खतराको सूचीमा पारेर यसबारे जनचेतना जगाउनु पर्ने आवश्यक ठानेका छन् र त्यसका लागि मार्च २० तारिखलाई विश्व भँगेरा दिवस घोषणा गरिएको छ। सन् २०१० देखि भँगेरा दिवस मनाउन थालिएको छ।
७. संसारमा मानिसमात्र भएर पुग्दैन। जीवजन्तु पनि चाहिन्छ । चराचुरुङ्गीलगायत सबै प्राणी चाहिन्छ। यो कुरा हामीले अहिले महसुस गर्दैछौं। तर भगवान् बुद्धले २५ सय वर्ष पहिले त्यो कुरा महसुस गरेर आफ्नो पञ्चशीलमा सबैभन्दा पहिले प्राणी हिंसा नगर्ने शील समावेश गरेका थिए। विश्वको वातावरणका सुन्तलनका लागि सबै प्राणी चाहिन्छ र सबैको संरक्षण र सर्म्बर्द्धन गर्नु पर्दछ। भँगेराको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१