१. भारतको उत्तर प्रदेशमा केही दिन पहिले भएको प्रान्तीय चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि त्यस पार्टीका सांसद आदित्यनाथ योगी उत्तर प्रदेशको मुख्यमन्त्री भएका छन्। आदित्यनाथ योगी मुख्यमन्त्री भएपछि उनको चर्चा भारतमा मात्र होइन, नेपालमा पनि भएको छ। उनी नेपाललाई नजिकबाट चिन्ने व्यक्ति भएकाले उनले नेपाल सम्बन्धमा के कस्तो नीति अख्तियार गर्लान्, त्यो यहाँ चासोको विषय भएको छ।
२. आदित्यनाथ योगी गोरखपुरस्थित गोरखनाथ मन्दिरका पीठाधीश पनि हुन्। उनी नेपालमा धेरै पटक आएका छन् र उनले हिन्दू राष्ट्र नेपालनामक पुस्तक पनि लेखेका छन्। नेपालका नेताहरु र धार्मिक व्यक्तिहरुसँग उनको राम्रो सम्बन्ध छ। उनले नेपाललाई हिन्दू राष्ट्र बनाउन पटक-पटक यहाँ आएर लबि·समेत गरेका थिए।
३. उनी कट्टर राष्ट्रवादी हुन्। त्यो कुरा हामीले सिक्नु पनि पर्दछ। उनी भारतका राष्ट्रवादी हुन् भने हामीले पनि आफ्नो देशको लागि त्यस्तै भावना जागृत गर्नु पर्दछ। नेपाली नेताहरुको राष्ट्रवाद कमजोर भएको भन्ने कुरा आएको बेला यस सम्बन्धमा हामीले पुनर्विचार गर्नु आवश्यक छ। योगीको कार्यकालमा हाम्रो उत्तर प्रदेशसँग जोडिएको सीमा अतिक्रमण हुँदैन होला भन्ने हामीलाई लागेको छ।
४. यो परीक्षणको बेला पनि हो। हाम्रो राजनीतिक अग्रगमनका लागि भएका जनआन्दोलनहरुमा भारतीय जनता पार्टीले कहिले जनताको साथ र सहयोग गरेको छैन। तर जब धर्मको कुरा आउँछ, तब उनीहरुका सन्तमहन्तहरु लगायतका नेताहरु यहाँ रातारात आउने गर्दछन् र नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि उचाल्ने र उत्प्रेरित गर्ने गर्दछन्।
५. हिन्दूस्थानका ती हिन्दू नेताहरुले कहिले आफ्नो देश हिन्दूस्थानलाई हिन्दू राष्ट्र बनाउन खोजेको देखिएको छैन। अहिले उनीहरुको संसद्मा दुर्इ तिहाइ बहुमत पनि छ। तर कहिले सरकारी या गैरसरकारीस्तरबाट उनीहरुले धर्म निरपेक्ष हटाएर हिन्दू राष्ट्र घोषणा गरियोस् भन्ने प्रस्ताव गरेका छैनन्। नेपालको सम्बन्धमा भने उनीहरु त्यसरी किन लागिपरेका छन्, त्यो चासो अर्थपूर्ण छ ।
६. नेपालको धेरै सीमा उत्तर प्रदेशसँग जोडिएको छ। हाम्रो धेरै सीमा अतिक्रमण पनि भएको छ। भारतले सीमामा एकतर्फी किसिमले बनाएका बाँध र बाटोले गर्दा वर्षा मा हाम्रो सीमावर्ती क्षेत्र डुबानमा पर्ने गरेको छ। जसले गर्दा नेपालमा भारत विरोधीहरु बढ्दै गएका छन्। त्यो कुराबाट मुख्यमन्त्री निश्चय नै जानकार हुनुपर्दछ।
७. उत्तर प्रदेशमा नेपाललाई राम्ररी चिनेका, जानेका र बुझेका मुख्यमन्त्री भएका छन्। त्यसमा पनि उनी योगी सन्यासी हुन्। उनमा धार्मिक भावना छ। धार्मिक भावना भएकाले कसैलाई अन्याय अत्याचार गर्दैन, दुःख कष्ट पुर्याउने काम गर्दैन। सबैलाई समान देख्छन् र समानताको व्यवहार गर्दछन्। मुख्यमन्त्री योगीबाट हामीले यस्तै व्यवहारको अपेक्षा गरेका छौं। उनको कार्यकालमा नेपाल भारतको सम्बन्ध अरु सुध्रिएर जानेछ र नेपालले कुनै किसिमको हस्तक्षेप वा दबाब सहनुपर्ने स्थिति आउने छैन। यही हाम्रो अपेक्षा छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१