नेपालमा ५ वर्ष मुनिका वच्चाहरू प्रति हजार जीवित जन्ममा ५४ जना बालबालिकाहरू अझै पनि विभिन्न रोगका कारणले मृत्यू हुने गरेको तथ्याड्ढ छ। अरु उमेर समूहभन्दा ५ वर्ष मुनिका बच्चाहरूलाई विशेष हेरचाह गर्नु पर्दछ। यस उमेर समूहमा विभिन्न प्रकारका रोगहरूले आक्रमण गर्ने हुनाले ५ वर्ष मुनिका बालबालिकाहरूलाई विशेष ध्यान दिनु पर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत १७ वर्षदेखि निरन्तर रूपमा देशका ७५ वटै जिल्लामा राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ। १ वर्षमा २ पटक गरि हरेक ६/६ महिनामा वैशाख र कार्तिकमा उक्त कार्यक्रम सञ्चालन गरिदै आएको छ। ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई जुकाको औषधी खुवाउने कार्यक्रम अन्तर्गत कास्की जिल्लाका २ नगरपालिका र ४३ गा.वि.स. का ५ वर्ष मुनिका ४३३९६ बालबालिकाहरूलाई यहि कार्तिक ७ र ८ गते महिला स्वास्थ्य स्वयं सेविकामार्फत प्रत्येक वडामा उक्त कार्यक्रम निशुःल्क रूपमा सञ्चालन हुने भएकोले आफ्नो पायक पर्ने केन्द्रमा आफ्ना बाबु नानीहरूलाई उक्त अभियानमा सरिक हुन अनुरोध समेत जिल्ला जन स्वास्थ्य कार्यालय कास्कीले गरेको छ।
भिटामिन ए को कमीबाट मानिसमा आँखासम्बन्धी रोग, छाला सम्बन्धी रोग लाग्ने गर्दछ। तसर्थ हाम्रो खानामा भिटामिन ए पाइने खाद्यपदार्थहरू हुनु जरुरी छ।
भिटामिन ए का स्रोतहरू :
१) प्राकृतिक स्रोत
२) कृत्रिम स्रोत
प्राकृतिक स्रोत :
१) प्राणी जन्य : दूध, अण्डा, माछा, मासु, घ्यू आदि।
२) वनस्पतिजन्य : हरियो साग, मेवा, फर्सी गाजर आदि।
त्यसैगरी हाम्रो शरिरमा विभिन्न प्रकारका जुकाहरू पर्ने हुनाले सोही राष्ट्रिय कार्यक्रममा जुकाको औषधी समेत खुवाउने कार्यक्रम रहेको छ। त्यसैले सम्पूर्ण कास्कीवासी दाजुभाइ दिदीवहिनीहरूलाई उक्त दिन आफ्ना बाबु नानीहरूलाई पायक पर्ने केन्द्रमा लगी भिटामिन ए खुवाई रहने र राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन जिल्ला जन स्वास्थ्य कार्यालय कास्की आभार व्यक्त गर्दछौं।
(लेखक, जिल्ला जन स्वास्थ्य कार्यालय, कास्कीका जन स्वास्थ्य निरीक्षक हुन्। सं.)
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१