१. मिस नेपाल-२०१३ को ताज पहिरन सफल भएकी इशानी श्रेष्ठ आज फेरि चर्चित भएकी छिन्। उनले इण्डोनेसियामा अस्ति आयोजित विश्व सुन्दरी प्रतियोगितामा टप टेनमा पुग्न सफल भएको कारण उनी चर्चित भएकी हुन्। त्यसप्रति प्रतियोगिता उनले ‘ब्युटी विथ अ पपस’ को उपाधि समेत जितेकी छिन्। उपाधि जितेर टपटेनमा पुगेकी उनी पहिलो नेपाली हुन्।
२. प्रत्येक वर्ष आयोजना गरिने विश्वसुन्दरी प्रतियोगिता यस वर्ष इण्डोनेशियाकमो बालीमा अस्ति आयोजना गरिएको थियो। एक सय छब्बीस जना सहभागी भएको त्यस प्रतियोगितामा फिलिपिन्सकी मेगन योङा भन्ने युवतीले ताज हात पारेकी थिइन्। उनलाई उक्त ताज गत वर्षकी विश्व सुन्दरीले पहिराइदिएकी थिइन्।
३. इशानी श्रेष्ठ टपटेनमा पुगेपछि नेपालको सम्भावना बढाएको छ। यस क्षेत्रमा संलग्न भएका व्यक्तिहरू यसबाट अति उत्साहित भएका छन्। कडा मेहनत र परिश्रम गरे विश्व सुन्दरीको ताज टाढा नरहेको टिप्पणी नेपालीहरूबाट आएको छ। नेपालीहरू विशेषत नेपाली युवती धेरै खुसी भएका छन्।
४. नेपालमा नेपाली सुन्दरी छान्ने प्रतियोगिता सुरु भएको धेरै भएको छैन। सुरुमा प्रतियोगिता राम्ररी सञ्चालन भएको थियो। तर पछि यसमा बाधा र अवरोध आए। कम्युनिष्ट पृष्ठभूमिका भएका केही कार्यकर्ताले यो प्रतियोगितालाई युवतीको शोषण गर्ने अश्लील प्रतियोगिता भन्दै प्रतियोगिता आयोजना गर्न नै दिएनन्।
५. तैपनि आयोजकहरूले अनेक दुःख कष्ट सहेर लुकीछिपी आयोजना गर्ने गरे। समयबिते अनुसार विरोध गर्नेको विरोधको शक्ति कमजोर हुँदै गयो। विभिन्न जातजातिकाले पनि आफ्नै समुदायमा सुन्दरी प्रतियोगिताको आयोजना गर्न थाले। अहिले यो प्रतियोगिताले लोकप्रियता प्राप्त गरेको छ। पोखरामा पोखरा जेसीजद्वारा केही वर्षको अन्तरालपछि अहिले यो प्रतियोगिता गर्ने तैयारी गरिरहेको छ।
६. नेपाललाई विश्वमा चिनाउने विभिन्न माध्यममध्ये सुन्दरी प्रतियोगिता पनि हो। प्रतियोगीले आफ्नो देशको संस्कृति र विशेषता त्यहाँ देखाउने गर्दछन्। इशानीले आफ्नो राष्ट्रियताको पहिचान दिने क्रममा बुद्ध जन्मेको देश र हिमालको छेउको घर भनेर आफ्नो वेवसाइटमा उल्लेख गरेकी थिइन्।
७. विश्व सुन्दरी अश्लीलता र नग्नताको आधारमा छानिने होइन। यसमा कसैलाई भ्रम हुनुहुन्न। यसका विभिन्न विधा छन्। कसको कुन विधामा प्रतिभा छ, त्यसको प्रस्फुरण गर्ने यो एक अवसर हो। सुन्दरता शारीरिक बनोट र बाह्य कुरामा मात्र होइन, भित्रको प्रतिभा र बुद्धिमा हुन्छ। बौद्धिकताको परीक्षण यसको सबभन्दा ठूलो मापदण्ड हो। इशानीले त्यही प्रतिभा र बुद्धिको प्रयोग उचित प्रयोग गरेर त्यो स्थानमा पुग्न सफल भएकी हुन्। इशानीलाई हार्दिक बधाई तथा शुभकामना छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१