१. राजनीतिक पार्टीहरूले संविधानसभा निर्वाचनका लागि आ-आफ्नो पार्टीका उम्मेदवार छान्ने काम तीव्र गरेका छन्। पार्टीहरूले कतिपय उम्मेदवार छानिसकेको समाचार पनि आएको छ। त्यस समाचारका साथ उम्मेदवारहरूका सम्बन्धमा टीकाटिप्पणी तथा हार र जीतका कुराहरू पनि आउन थालेका छन्।
२. ठूलो पार्टीहरूले अधिकाँश पुरानै नेताहरू छान्न थालेका छन्। पहिले संविधानसभामा जितेकाहरू अधिकाँश उम्मेदवार हुने भएका छन्। पुरानै अनुहारहरू संविधानसभामा पुगे भने संविधान निर्माणको अवस्था पनि पुरानै जस्तै हुने हो कि भन्ने आशड्ढा मतदाताहरूमा छाएको छ।
३. पहिलेका संविधानसभाका अधिकाँश सदस्यले निणायक कुरा गर्नै सकेनन्। उनीहरू पार्टीका नेताको पछि मात्र लागे। सभासद्हरूको कमीकमजोरीका कारण संविधानसभाको म्याद सिद्धिने बेलामा एउटा औपचारिक बैठक समेत भएन। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्याद सिद्धिनु केही समय बाँकी छँदा नै संविधान विघटन गर्दा पनि कसैले केही बोल्न सकेनन्।
४. तीमध्ये केही टाठाबाठाले आफूहरूले संविधान लेखनसम्बन्धी अधिकाँश कुरा टु·याएको तर नेताहरूले गर्दा यसो भएको भन्ने गरेका छन्। उनीहरूले नेताहरूलाई किन दबाब दिन सकेनन् भन्ने कुराको जवाफ उनीहरूमा छैन। उनीहरूले जनतासमक्ष राम्ररी सफाइ दिन सक्ने स्थितिमा छैनन्।
५. पार्टीका एक जना उम्मेदवारमा छनौट हुने अरु सम्भावित उम्मेदवारहरू काठमाडौंबाट हरेस खाएको र निराश भएर र्फकने गरेका छन्। त्यस्ता निराश भएकाहरू के कति सक्रिय भएर चुनाव प्रचारमा लाग्लान्, त्यो पनि सोचनीय छ। जति उत्साहसाथ गरिएको कामले प्रतिफल दिन्छ, त्यत्ति अरुले दिँदैन।
६. त्यसमा पनि केही सम्भावित उम्मेदवारहरू पार्टीको निर्णयमा चित्र नबुझाई बागी उम्मेदवार बन्न खोजेको समाचार पनि आएको छ। पहिले पनि काङ्ग्रेस र एमालेमा बागी उम्मेदवार हुन्थे। तर यस पटक माओवादी कार्यकर्ता पनि बागी उम्मेदवार हुँदैछन्। तर पहिलेझैं यसपटक त्यस्ता उम्मेदवार धेरै हुने छैनन्।
७. यसपटक पनि प्रत्यक्ष र समानुपातिक दुइ किसिमबाट संविधानसभामा सदस्य हुने व्यवस्था छ। सदस्य सङ्ख्या पनि पुरानै भएको छ। ठूला पार्टीहरू प्रत्यक्षमा आफ्नो ध्यान केन्द्रित गर्दैछन् भने साना पार्टीहरू धेरै उम्मेदवार समानुपातिकबाट संविधानसभामा आफ्नो नेता कार्यकर्ताहरू पठाउने प्रयासमा छन्। गएको पटक केही साना पार्टीहरूले प्रत्यक्षबाट जान नसके पनि समानुपातिबाट आफ्नो प्रतिनिधि पठाउन समर्थ भएका थिए। केही पार्टीहरू त्यसको ताकमा पनि छन्।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१