१. असन्तुष्ट पार्टीहरूले अझ पनि चुनावमा सहमति जनाएका छैनन्। तिनीहरुलाई चुनावको मूलधारमा ल्याउने प्रयास जारी छ। उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट पक्षहरुबीच वार्ता भइरहेको छ। चार-छ दिनमा ती दुर्इ पक्षको वार्ता टु·निे अपेक्षा गरिएको छ।
२. एकातिर चुनावका सम्बन्धमा त्यसरी वार्ता भइरहेको छ भने अर्कोतिर कोही चुनाव सम्भव होला र भन्नेहरु पनि छन्। त्यो जसले जे भने तापनि चुनावमा भाग लिने पार्टीहरू भने चुनावको माहौल सिर्जना गर्न व्यस्त छन्। तिनीहरुले एकातिर अर्काको नेता र कार्यकर्ताहरुलाई आफूतिर तान्ने प्रयास गरिररहेका छन् भने भने अर्कोतिर मजदुर, किसान, दलित र पिछडिएका वर्गको नाम पनि लिन थालेका छन्।
३. तिनीहरुले पहिलेकै शैलीमा आफ्नो पार्टीती पिछडिएका वर्गका लागि एकमात्र पार्टीभएको दाबी गरेर मत तान्ने प्रयास गर्न थालेका छन्। पार्टीहरूले तिनीहरुलाई आफ्नो भोट बैंक बनाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन। तर यसपटकको चुनाव त्यो पक्षमा भन्दा पहिले भक्तपुरमा पसेको छ।
४. एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले एउटा कार्यक्रममा किसान मजदुर पार्टीअध्यक्ष नारायणमान बिजुक्छेलाई विकासको बाधक भन्दै आफ्नो पार्टीकाई भक्तपुरबाट जिताएमा भक्तपुरको विकास छिटो गराउने बताएका छन्। उनले बिजुक्छेमाथि विकासको बाधकको आरोप लगाएपछि त्यसको तीव्र प्रतिक्रिया आउन थालेको छ।
५. स्वयं नारायणमान बिजुक्छेले आफूले भक्तपुरको अपेक्षित विकास गर्न नसकेको स्वीकार्दै कसले आफ्नो जिल्लालाई भक्तपुरमा भन्दा राम्रो विकास गरेको छ, त्यो देखाउन चुनौती दिएका छन्। उनले शिक्षा, संस्कृति, सांस्कृतिक धरोहर भौतिक र सामाजिक क्षेत्रमा भक्तपुरले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै ख्वप विश्वविद्यालय खोल्न स्वीकृति नदिएको गुनासो पनि गरेका छन्।
६. पुरानो शहर भक्तपुरमा परम्परा र सांस्कृतिक धरोहरलाई यथावत् राखी जे जसरी विकास गर्दै लगेको छ, त्यसलाई मान्नुपर्दछ। भक्तपुरका नीति निर्माताहरुले पर्यटकहरुसँग भक्तपुर प्रवेशको समेत शुल्क लिने गरेका छन्। शुल्क तिरेरै पनि पर्यटकहरु ठूलो संख्यामा त्यहाँ हेर्न जान्छन्। पुराना कुरालाई संरक्षण गर्दै आधुनिक बनाउनु भक्तपुरको विशेषता हो। भक्तपुर वास्तवमा कला, कौशल र सांस्कृतिक पक्षको जीवित धरोहर हो।
७. भक्तपुरको त्यसरी विकास गर्न कसले के कसरी र कति योगदान गरेका छन्, त्यसको इतिहास र मूल्याड्ढन छुट्टै होला। त्यसको विवेचना गर्ने हाम्रो उद्देश्य होइन। तर भक्तपुरमा चुनाव पसेको छ र पहिलो पटक नै हिलो छ्यापाछ्यापको जुन स्थिति आएको छ त्यो राम्रो होइन। चुनावमा शिष्ट, शौम्य, सन्तुलित र सैद्धान्तिक आरोप-प्रत्यारोप हुनुपर्दछ भन्ने हाम्रो आग्रह हो।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१