१. पोखराको पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा फेरि उठेको छ। १५।२० वर्षदेखि उठेको यो कुरा कहिले चर्किने गर्दछ भने कहिले सेलाउने गरेको छ। यसपटक कुरा उठाएको अरुले होइन, स्वयं उपराष्ट्रपति परमानन्द झाले हो। उपराष्ट्रपति झाले त्यसमा आफूले सक्दो सहयोग गर्ने कुरा पनि बताएका छन्।
२. उपराष्ट्रपति झा जोर्ज जोन शिक्षा प्रतिष्ठानको एक कार्यक्रममा सहयागी हुन पोखरा आएको बेला उक्त आश्वासन दिएका हुन्। उनको आश्वासनले सम्बन्धित पक्षलाई के कति प्रेरित गर्दछ, त्यो थाहा भएको छैन। तर उपराष्ट्रपतिजस्तो माथिल्लो स्तरकाले त्यति भन्नु ठूलो कुरो हो।
३. पोखरा विश्वविद्यालय अस्तित्वमा आउनुअघि पृथ्वीनारायण क्यम्पसलाई नै विश्वविद्यालय बनाउने अवधारणा थियो। पछि के कसो भएर हो, विश्वविद्यालयका लागि अन्तै जग्गा खोज्न थालियो। शिशुवामा आवश्यक जग्गा पाएपछि पोखरा विश्वविद्यालयको नाममा प्रक्रिया अघि बढेको थियो। पोखरा विश्वविद्यालय स्थापनामा पोखरा उद्ययोग वणिज्य सङ्घको ठूलो भूमिका रहेको थियो।
४. पृथ्वीनारायण क्यम्पसमा विश्वविद्यालयलाई अविश्यक पर्ने पूर्वाधार छन्। भौतिक पूर्वधारका रूपमा आवश्यक पर्ने जग्गा र भवनहरू छन्। दुर्इ दर्जन जति विषयमा एमएको पढाइ हुने गरेको छ। डाक्टरेट गरेकाहरूको उनको सङ्ख्या पनि प्रत्येक वर्ष बढ्दै गएको छ। प्राज्ञिक वातावरण बनाउने प्रयास भएको छ।
५. पृथ्वीनारायण क्यम्पसबाट उत्तीर्ण भएकामध्ये केही विद्यार्थीहरू देशको नीति निर्धारणको तहमा पुगेका छन्। सांसद र मन्त्री भएकाहरू पनि छन्। ती सबै भएर पनि पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालय बनाउने कुरा किन अघि बढेको छैन् – यो बुझ्न नसकिने भएको छ।
६. पृथ्वीनारायण क्याम्पसमा विश्वविद्यालय बनाउने कामका लागि एक समिति पनि निर्माण गरिएको थियो। पहिले गठित त्यस समितिका पदाधिकारी तथा सदस्यहरू कोही यताउता भएका हुन सक्छन्, कोही निस्क्रिय पनि हुन सक्छन्। त्यसो हो भने त्यसलाई थपघट गरी एउटा नयाँ समिति निर्माण गर्न सकिन्छ।
७. नेपालमा सवाधिक विद्यार्थी भएको क्याम्पस, पूर्वाधार सबै भएको क्याम्पस भएकाले यसलाई विश्वविद्यालय बनाउनु त्यति गाह्रो होलाजस्तो लाग्दैन। समितिमा उदारतापूर्वक सबैलाई समट्ने र सम्बन्धित सबैसँग समन्वय राखी निरन्तर आवाज उठाउने गरियो भने पोखराको महत्त्व र गरिमा अरु बढ्ने छ। उपराष्ट्रपति झा आफैले अहिले त्यो कुरा निकालेकोले त्यसलाई एक अवसरको रूपमा लिएर प्रक्रिया अघि बढाउनु उचित हुन देखिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१