१. निर्वाचन आयोगले मतदाताको नाम सड्ढलन गरेर उम्मेदवारले निर्वाचनको लागि नाम मनोनयन गर्ने तिथि पनि तोकेको छ। एकातिर निर्वाचन आयोग आफ्नो काममा अघि बढिरहेको छ। तर अकोर्तिर बहिस्कार गर्नेहरू बहिस्कार र वार्ता दुवै एजेण्डा बोकेर अघि बढिरहेका छन्। जनता कौतुहलतापूर्वक स्थिति नियालिरहेका छन्।
२. नेकपा-माओवादीले सार्वजनिक ठाउँमा मत पेटिका फुटालेर बहिस्कारको घोषणा गरेपछि सर्वसाधारण हैरान भएका छन्। सर्वसाधारण र जनता साधारण राजनीतिको कुरा बुझ्छन्। देशलाई निकास दिने एउटा मात्र उपाय चुनाव नै हो।
३. चुनाव नभएसम्म देशले निकास पाउने छैन। यति महत्त्व कुरा देशमा सम्पन्न हुँदैछ। तर हामी झिनामसिना कुरा गरेर देशलाई अरु बन्धक बनाउन खोज्दैछौं भने त्यो कदापि सह्य हुन छैन। बहिस्कार भन्नु जति सजिलो छ, उति बहिस्कार गर्नु सजिलो छैन। किनभने सर्वसाधारण जनता चुनावको पक्षमा छन्।
४. बहिस्कार गरेर चुनाव सम्पन्न हुन सकेन भने त्यसपछिको स्थिति कस्तो होला, त्यतातिर पनि सोच्न सक्नुपर्दछ। जुवा खेलेझैं गरी बहिस्कार गर्नु हुँदैन। बहिस्कारवादीहरूले त्यसको विकल्प दिएको पनि छैन। देशलाई विकल्पविहीन अन्धकारमा धकेल्नुहुँदैन। आजसम्म नेताहरूले जे गरे। त्यो गल्ती गरे। अब गल्ती दोहोर्याउनु हुँदैन।
५. चुनाव सम्पन्न भएन भने देशमा अरु अन्यौल बढ्छ, अन्धकार व्याप्त हुन्छ। त्यस्तो बेला मौकाको फाइदा उठाउनेहरूले जसरी भए पनि फाइदा उठाउन खोज्नेछन्। हिलोमा माछा मार्ने ताकमा रहेका छन्। माछा मार्न आउनेछन्। देशमा यस्तो अवाञ्छित स्थितिको सिर्जना हुनेछ कि देशमा कसैले नचिताएको घटना हुनेछ।
६. त्यस्तो अवस्था राष्ट्रवादी र राष्ट्रका शुभचिन्तकहरू कसैका लागि पनि हितकर हुने छैन। त्यस्तो अवस्था आयो भने विदेशी चलखेल अरु बढ्ने छ। देशको आर्थिक स्थिति अरु ह्रासोन्मुख हुनेछ। व्यापार घाटा अरु बढ्ने छ। सर्वसाधारणको जीवन अरु कष्टकर हुनेछ। राजनीतिमा अपराधिकरण अरु बढ्ने छ। मानिसको जिउ, धनको सुरक्षा सधैँ एक चुनौती हुनेछ।
७. त्यस्तो अवाञ्छित स्थिति नआओस्। त्यसको लागि दुवै पक्षले वार्ता गर्नुपर्दछ। वाताद्वारा नै समस्या समाधान गर्नुपर्दछ। कसैले पनि बहिस्कारलाई उपलब्धि सम्झनुहुँदैन र बहिस्कार गरेरै फाइदा उठाउँछौं भन्ने सपना देख्नुहुँदैन। बहिस्कार गरेर फाइदा उठाउछौं भन्नु देशलाई अरु लामो समय बन्धक बनाउनु हो। जुन कुरा कसैको पनि हितमा हुने छैन।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१