टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०८१
cricket

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा रंगशालामा पोखरा महानगरस्तरीय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आयोजक समितिले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो ।

महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट पनि होनाहार प्रतिभाको खोजी गर्दै सन् २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष दीपकबहादुर गोदारले पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा पोखराका विभिन्न ९ विद्यालयलाई सहभागिता गराइने प्रतियोगिताको संयोजनकर्ता पोखरा महानगर क्रिकेट समितिका अध्यक्ष वीरेन्द्र पुनले जानकारी दिए । सहभागी टिमलाई ३ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने उनले बताए । प्रतियोगितामा सहभागी विद्यालयले कम्तीमा पनि २ खेल खेल्न पाउने छन् । लिग चरणमा शीर्षस्थान हाँसिल गर्ने हरेक समूहबाट १ विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शिर्ष तीन मध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । त्यसैगरी हरेक खेलमा उमन अफ द म्याच, उमन अफ द सिरिज, बेष्ट व्याट्सउमन, बेष्ट बलर लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, प्रतियोगिताको मुख्य प्रायोजक कंगारु एजुकेसन फाउनडेसनका निर्देशक टिआर काफ्ले लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । प्रतियोगिता संयोजक गोविन्द प्रधानले कार्यक्रम सञ्चानल गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अन्तरमावि छात्रछात्रा टि–२० क्रिकेट सुरु

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । पोखरा क्रिकेट एकेडेमी आयोजनामा बिहीबारदेखि कास्की जिल्लास्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रिज अन्तरमावि छात्र छात्रा टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको…
  • सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार…
  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…

hero news full width