पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा संरक्षणकर्मी उलकलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले दोसल्ला, माला र सम्मानपत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखराको मौलिकता र प्राचीन सम्पदा जोगाउन पोखरा महानगर तयार रहेको बताए । उनले सम्मानित व्यक्तित्व उलक नेपालको सम्पत्ति भएको चर्चा गरे । प्रमुख आचार्यले सम्पदा संरक्षण दिवस अवसरमा संरक्षणकै लागि महत्वपूर्ण योगदान दिएको व्यक्तिलाई सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिए ।
सम्पदा संरक्षण सम्मान–२०८० बाट सुनिल उलक सम्मानित
उनले पोखरा सिद्धार्थचोकदेखि विन्ध्यवासिनी क्षेत्रलाई पुरानो पोखरा र सभ्यताको झल्को दिनेगरी क्षेत्रको विकास गरिने बताए । दिगो पर्यटन विकासका लागि एडिबीसँग साढे ७ अर्बको परियोजनाको काममा उक्त क्षेत्र पनि समेटिएको उनले बताए । ‘यो क्षेत्रलाई नो भेइकल जोन घोषणा गरिनेछ । परियोजनाले पूर्णता पाउँदा त्यहाँ सवारी निषेध गरिनेछ,’ उनले भने, ‘बाटामा पुरै ढुंगा छापिएका हुनेछन् । घरहरुको अग्रभागलाई परम्परागत शैलीमा ढालिनेछ ।’ पर्यटनको राजधानी रहेको यो क्षेत्र ऐतिहासिक पृष्ठभूमिको महत्वपूर्ण हव हुने उनले बताए । रैैथाने खानाका परिकार पस्कनेस्थल बनाउनुपर्ने उनको भनाइ थियो । पुरानो भेषभूषाको प्रदर्शनी गरिनुका साथै पोखराको घुम्नैपर्ने सूचीमा समावेश गर्ने, मौलिक र सांस्कृतिक जात्राहरुको सके दैनिक नभए निश्चित दिन तोकेर प्रदर्शन गरिने उनले सुनाए । उक्त स्थल भोलिका दिनमा पर्यटकीय चहलपहलयुक्त बन्ने र व्यावसायिक दृष्टिकोणले समेत महत्वपूर्ण हुने उनको विश्वास छ ।
सम्मानित उलकले सम्मानले ऊर्जा मिलेको भन्दै आफ्नो कामलाई निरन्तरता दिने बताए ।
संस्थाका संस्थापक अध्यक्ष तथा सम्मान छनोट समिति संयोजक रामबहादुर पौडेलले पोखराका पुराना धारा, मठ÷मन्दिर, पाटी÷पौवा, गुम्बा, मस्जिद, चौतारा, पाटन÷चौर लगायत बजारका बारेमा अन्वेषण तथा अभिलेखीकरण गर्नुका साथै ऐतिहासिक बालधारा संरक्षण एवं पुनर्निर्माणमा विशेष योगदान पु¥याएकामा उलकलाई सम्मान गरिएको बताए ।
छनोट समिति दुर्गाकुमारी शर्मा, शोभा श्रेष्ठ, सदस्य थिए । पदेनसदस्यमा नागरिक समाज पोखराका संयोजक नरेन्द्र लालचन र प्रवक्ता गोकुलबहादुर कार्की थिए ।
नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, पोखरा १ का वडाध्यक्ष सहारा प्रधान, प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राई र पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले पोखराको पुरानो बजार जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१