पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले नयाँ वर्षको अवसरमा वैशाख महिनाभर छुट दिने भएको छ । युआरएलको प्रधान कार्यालय न्युरोडसहित सबै १८ शाखामा युआरएलका सबै सेवामा सेवाग्राहीले ३० प्रतिशत छुट पाउने छन् ।
नयाँ वर्षको अवसरमा वैशाख महिनाभर होलबडीसहित सबै प्रकारका रगत जाँचमा छुट दिइएको प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले बताए । युआरएलका अरु शाखाले ३० प्रतिशत छुटसहित आवश्यकता अनुसार केही रगत जाँच सित्तैमा गर्ने अफरसमेत सार्वजनिक गरेका छन् ।
युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशकै अग्रणी ल्याब भएकाले सबै क्षेत्रमा नमुना बन्ने गरी काम गरिरहेको जनाए । उनले सर्वसाधारणलाई सुलभ दरमा अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउँदै प्रदेशलाई नै रक्त जाँचमा आत्मनिर्भर बनाउने गरी लागिपरेको उल्लेख गरे ।
गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ ९००ः२०१५ प्राप्त युआरएलले अहिलेसम्म आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी एक सय ६७ वटा स्वास्थ्य शिविर गरिसकेको छ । ती शिविरमार्फत् अहिलेसम्म एक लाख ८० हजारले सित्तैमा सेवा लिइसकेका छन् ।
यसैबीच, घिरिङ पोखरा सम्पर्क मञ्चको आयोजना र युआरएलको प्राविधिक सहयोगमा सोमबार पोखरा–१४, कदम मार्गमा सचेतनासहितको स्वास्थ्य शिविर हुँदै छ । शिविरमा मधुमेह र कोलेस्ट्रोलसम्बन्धी रगत जाँच सित्तैमा र अरु सबै प्रकारका जाँचमा ५० प्रतिशत छुट दिइनेछ ।
Related News
सम्बन्धित समाचार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
पोखरा रोयल सहकारीको २३औं स्थापना दिवस
माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधानिकताको टुंगो आज
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१