पोखरा । नेपाल र भारतको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा शनिबार साँझ भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोकनृत्य प्रस्तुत गर्दै एक सांस्कृतिक कार्यक्रम आयोजना गरियो । रङहरुको पर्व होलीको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले भर्खरै पर्यटकीय राजधानी घोषित पोखरालाई रंगीन बनाएको थियो ।
भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले संयुक्तरुपमा फेवाताल किनार वाराहीघाटमा उक्त कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरे । उनले नेपाल–भार दुई देशबीच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधता देखाउन मद्दत गरेको उल्लेख गरे ।
भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धबारे बताउँदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार, स्थानीय सरकारका विशिष्ट व्यक्तिहरुसहित करिब ५ सय जना दर्शकको उपस्थिति रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
श्रीतकमला, सखी हे, दशावतार र वसन्त बहार: वसन्तको रंग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो ।
यस्तै, नेपालको तर्फबाट लाखे नृत्यसँगै नेपाली लोक नृत्य प्रस्तुत भयो । जसको नेतृत्व निश्कल उदासले गरेका थिए । उनलाई संगीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिए ।
काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले यसअघि ९ चैतमा काठमाडौंमा आफ्नो प्रस्तुति देखाएको थियो । अब टोलीले लुम्बिनी, वीरगञ्ज र धरानमा समेत पुग्ने भारतीय राजदूतावासले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वर्ष खेलाडीको चर्चा
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१