त्रिवेणी पब्लिकको २८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन ३, २०८०
Triveni Ma Vi News

लेखनाथ । अर्घौचोकस्थित त्रिवेणी पब्लिक माविले विविध कार्यक्रमसाथ बुधबार २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

श्रीपञ्चमीको दिन भएकोले सरस्वतीको पूजापाठ तथा आराधना गरी सुरु भएको कार्यक्रम उद्घाटन गर्दै साहित्यकार सरुभक्तले बालबालिकाको कल्पनाशीलता, चिन्तनशीलता र आफैंले सोच्न सक्ने क्षमता अभिवृद्धि हुनेखालको शिक्षा नीति आवश्यक पर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्ड गण्डकीका परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख लक्ष्मण देवकोटाले गुणस्तरीय शिक्षाका नाममा अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त शिक्षा दिँदै गर्दा शिक्षा विदेश जाने लाइसन्स बनेको बताए ।

पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्री सुवेदीले अभिभावक नै पहिलो शिक्षक भएकाले आफ्ना बाबुनानीलाई ज्ञानुक्त, सिपयुक्त र नैतिकवान् बनाउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले त्रिवेणी पब्लिक उत्कृष्ट र अब्बल प्रमाणित भएको बताउँदै अबका दिनमा किताबी ज्ञानमात्र नदिई जीवन जिउनेखालका व्यावहारिक शिक्षा दिन आग्रह गरे ।

पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले वडाको शैक्षकस्तर उकास्न विद्यालयले खेलेको भूमिकाका लागि आभार व्यक्त गरे । उनले वडाभित्र रहेका विद्यालयको भौतिक पूर्वाधारतर्फ ठुलो फड्को मारेको बताउँदै शिक्षाको गुणस्तर कसरी वृिद्ध गर्ने भन्ने विषयमा चिन्तनशील रहेको जनाए ।

हिसान कास्की अध्यक्ष यमबहादुर रोक्काले अहिलेको समय घोकन्ते शिक्षाको नभई २१ औं शताब्दी अनुरुपको शिक्षा दिनुपर्नेमा जोड दिए । लेखनाथ उद्योग बाणिज्य संघ महासचिव जानुका अधिकारीले आफ्ना बाबुनानीको गतिविधिबारे अभिभावकले पनि चासो राख्नुपर्नेमा जोड दिइन् ।

राइजिङ स्टार युवा क्लब अध्यक्ष विष्णु गुरुङले विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताए ।

विद्यालय प्राचार्य विष्णुप्रसाद अधिकारीले विद्यालयको हिजोको अवस्था आजका गतिविधि र भोलिका योजनाबारे जानकारी गराउँदै विद्यार्थीलाई संस्कारी र मेहनत गर्न सक्नेखालको बनाउन चाहेको योजना सुनाए ।

कार्यक्रममा विद्यार्थीले चेतनामूलक नाटक, भजनकीर्तनसहित विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । जसमा अभिभावकको समेत सहभागिता थियो । उक्त अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेवापत शिक्षक रामप्रसाद शर्मा र १० वर्षभन्दा बढी सेवा गरेका अनिल भण्डारी, खगराज धमला, हरि भण्डारी, कल्पना न्यौपाने, लक्ष्मी लामा, शिवराज गौतम र रीता पुर्जालाई सम्मान गरियो ।

विद्यालय सञ्चालक समिति अध्यक्ष राजेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष गोविन्द भण्डारीले स्वागत र शिक्षक भरत अधिकारीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग