हेम्जा आवासीयको २८ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन २, २०८०
hemja boardong progrem photo

पोखरा । हेम्जा आवासीय विद्यालयको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सुरु भयो ।

वार्षिकोत्सव शुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बाबुनानीलाई समयका साथसाथै माया, ममता र स्नेह दिन अभिभावकसँग आग्रह गरे । शिक्षकले नवीनतम् विधिमार्फत आदर्शशील विद्यार्थी उत्पादनमा ध्यान दिनुपर्ने जनाउँदै प्रमुख आचार्यले विद्यालय त्यस क्षेत्रकै उत्कृष्ट शैक्षिक धरोहर बन्ने विश्वास लिए।

नेस्नल प्याव्सन केन्द्रीय उपाध्यक्ष याम खड्काले बालबालिकाको पहिलो पाठशाला घर भएको उल्लेख गर्दै त्यसमा बुबा आमाको भूमिका महत्वपूर्ण रहने औंल्याए । उनले स्थानीयको सहयोगबाट हेम्जा आवासीय हालको अवस्थामा आएको स्मरण गर्दै मातृभूमिप्रति बफादार बन्न विद्यार्थीलाई सुझाव दिए।
नेस्नल प्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले जिल्लाकै अब्बल विद्यालयमा रुपमा हेम्जा आवासीय अगाडि बढिरहेको बताए । उनले समाज रुपान्तरणमा विद्यालयको भूमिका अहम् हुने बताए ।

पोखरा महानगर शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण भण्डारीले समय र बालबच्चाको आवश्यक अनुसार विद्यालयमा पठनपाठन गरिनुपर्ने उल्लेख गरे।
कार्यक्रमबीच विद्यार्थीले विभिन्न प्रस्तुति राखे । त्यस्तै पछिल्ला ४ वर्षका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप एवं अभिभावकबीच विभिन्न खेलका पुरस्कार वितरण गरियो । १० वर्ष सेवा पूरा गरेका शिक्षक नारायणी बस्नेत, विष्णुबहादुर कुँवर, रीता देवकोटा पौडेल र अञ्जिता भण्डारी तिम्सिना तथा कर्मचारी चेतबहादुर कुँवर र मनीषा पोख्रेल सम्मानित भए ।

संस्थापक प्रधानाध्यापक केशवशरण पौडेलले विश्वबजारको मागअनुसार गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय तयार रहेको बताए । उनले आगामी दिनमा थप परिस्कृत तवरबाट विद्यालय सञ्चालन गर्ने बताए ।

विद्यालय अध्यक्ष माधवशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी आकृति नेपालीले स्वागत मन्तव्य व्यक्त गरे । सहायक प्रअ तेजेन्द्र कुँवर तथा शिक्षक नारायणी बस्नेतले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरे । वार्षिकोत्सव कार्यक्रम बुधबारसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…
  • अन्नपूर्ण र माछापुच्छ्रेमा नेराशि संगठनको अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकामा मार्च टु लोकल लेबल २०२४ कार्यक्रम शनिबार सम्पन्न भएको छ । सांगठनिक…

hero news full width

trending post

ट्रेन्डिङ्ग