गैंडाकोट । गैंडाकोटस्थित एभरग्रिन एकेडेमीको १३ औं वार्षिकोत्सव एवं सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
वडाध्यक्ष प्रकाश सापकोटाले एभरग्रिनका विद्यार्थीले नगरपालिकामै सधँै उत्कृष्ट नजिजा ल्याउन सफल हुने गरेको र स्थापनाकालदेखि अनवरतरूपमा शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको भन्दै अझ सफलताको शुभकामना दिए ।
विशेषगरी मौलिक परम्परा बचाइराख्ने उद्देश्य साथ कक्षा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीले आ–आफ्नो प्रतिभा पस्ँिकदा अतिथि र अभिभावक प्रभावित भएका थिए । विद्यालयले स्थानीय कलाकारको प्रस्तुतिसमेत राखेको थियो ।
सो अवसरमा विभिन्न प्रतियोगिता तथा खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सो अवसरमा पुरस्कृत गरियो ।
समारोहमा विद्यालयका प्रबन्ध निर्देशक नारायणप्रसाद सापकोटाले छोटो समयमै अभिभावकले यसरी विश्वास गरिदिँदा थप जिम्मेवारी बोध गर्दै गुणस्तरीय शिक्षाको लागि आफूले अझै मेहनत गर्ने र आगामी शैक्षिक सत्रदेखि कक्षा ८ समेतको पढाइ सञ्चालन हुने बताए । कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी आरती ढकाल सापकोटा, रेणुका गौतम, हितेस गौतम, धनप्रसाद सापकोटा, शरदचन्द्र नेउपाने लगायतको उपस्थिति थियो ।
समारोहको विद्यालयका सहप्राध्यापक कपिल नेउपानेले सञ्चालन गरेका थिए । २०६७ सालमा स्थापित विद्यालयमा करिब साढे २ सय विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
hero news full width
मुख्य समाचार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
२२ महिनामा पनि बनेन हरिचोक–याम्दी खण्डको २ किमी सडक
वैशाख २९, २०८१पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै
वैशाख २९, २०८१राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
वैशाख २९, २०८१अर्जुन र सुस्मिता बने वर्ष खेलाडी
वैशाख २८, २०८१दीर्घकालीन असर गर्ने निर्णय नगर्न अधिकारी सरकारका नाममा अन्तरिम आदेश- हेर्नुहोस् आदेश
वैशाख २८, २०८१