हट एयर बेलुनलाई ३ गुणा बढी उचाइ उड्ने अनुमति

आदर्श समाज सम्वाददाता
माघ १९, २०८०
Hot Air Balloon, Balloon Nepal (1)

पोखरा । बेलुन नेपालले जमिनको सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । ३ हजार फिट माथिसम्म मात्रै यात्रु अनुमति पाएकोमा थप उचाइ अनुमति लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपासको दृश्य, समयअनुसार सूर्योदय तथा सूर्यास्त अझ राम्रो देख्न पाउने बेलुन नेपालका अध्यक्ष विक्रम बाडे बताउँछन् ।

लौरुकदेखि चंखपुर क्षेत्रमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको टावर फ्रिक्वेन्सी निरन्तर मनिटरिङ गरी उडान गर्न नेपाल सरकारको मन्त्रिस्तरको निर्णय अनुसार अनुमति प्रदान गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटिसी अधिकृत मुकेशले डंगोलले बताए । उडानस्थलको प्राविधिक जाँच र हाल उडानमा रहेको बेलुनको उत्पादक कम्पनीको फ्लाइट म्यानुअल समेतको अध्ययनपछि अनुमति प्राप्त गरेको अध्यक्ष बाडेले बताए ।

हट एयर बेलुन तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो । नेपालमा पोखरामा मात्रै सञ्चालित हट एयर बेलुन साहसिक पर्यटनका पारखीको आकर्षण बनेको छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’ भित्र पंखाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केटजडित छ । बास्केटमा ८ जनाले एकैपटक यात्रा गर्न सक्दछन् ।

आधा घन्टा उडानको नेपाली पर्यटकले ९ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । ३ देखि ९ वर्षका बालबालिकाका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ शुल्क कायम गरिएको छ । भारतीय तथा सार्क मुलुकका नागरिक र अन्य देशका नागरिकका लागि फरक शुल्क तोकिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग