स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको ३८ औं साधारणसभा तथा १६ औं अधिवेशनले महादेव श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति निर्वाचित गरेको छ ।
मंगलबार राति सम्पन्न अन्तिम मतगणनामा अध्यक्षका निकटतम् प्रतिस्पर्धी हिक्मत श्रेष्ठलाई मात्र ८ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । महादेवले १ सय ४९ मत ल्याउँदा हिक्मतको १ सय ४१ मत आयो ।
निकै प्रतिस्पर्धा रहेको निर्वाचनमा अध्यक्ष पदका ४ उम्मेदवार थिए । अर्का प्रत्यासी राजप्रसाद घिमिरेले १ सय २ र नारायणप्रसाद ढकालले ६८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
वरिष्ठ उपाध्यक्षमा भीमकुमार श्रेष्ठ, महासचिवमा रवीन्द्र केसी, कोषाध्यक्षमा दीपेन्द्रकुमार श्रेष्ठ निर्वाचित भए । महासचिवमा ३ र अन्यमा २÷२ जनाबीच प्रतिस्पर्धा भएको हो ।
सदस्यमा हिटलर पौडेल, अमृत लामिछाने, मीनाकुमारी सुवेदी, सुदर्शन रेग्मी, छायादत्त सापकोटा, सूर्यप्रसाद शर्मा लामिछाने, कौशिला पौडेल (करुणाा), राजेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।
वाणिज्य, उद्योग र महिलातर्फ उपाध्यक्षमा क्रमशः शाखालिद मियाँ, दीपककुमार श्रेष्ठ र गंगा प्रधान निर्विरोध निर्वाचित भए । सहकोषाध्यक्ष र सहसचिवमा भने उम्मेदवारको योग्यता नपुग्दा दुवै पद रिक्त रहे ।
संघका ५ सय ८७ मतदाता (नवीकरण गरिएका) मध्ये ४ सय ७५ मत खसेको थियो ।
२०१३ सालमा स्थापित स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ केन्द्रीय संघको संस्थापक सदस्य पनि हो ।
Related News
सम्बन्धित समाचार
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
hero news full width
मुख्य समाचार
जिबी राईको राहदानी रद्द भएन
पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
जेठ १, २०८१